ट्रेन्डीङ्ग

निर्वाचित भएपछि जनप्रतिनिधि गाउँ नफर्कने आम रुपमा जनताको गुनासो हुने गर्दछ । प्यूठानमा यस अघिका सबै सांसद र जनप्रतिनिधिहरु गाउँ नपुगेको व्यापक जनगुनासो हुन्थ्यो ।

२०७४ सालमा निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्र सँगको तालमेलमा निर्वाचित भएकी दुर्गा पौडेल निर्वाचित भएपछि गाउँ नफर्किएको फाइदा यसपालि प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनुभएका सूर्य थापाले उठाउनुभयो ।

नेकपा (एमाले) पोलिटव्युरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा निर्वाचित भएर गाउँ फर्किएर सबै मतदातालाई धन्यवाद दिने पहिलो सांसाद हुनुहुन्छ ।

विकासका नारा पस्किएर जितेपनि गाउँ नफर्कने उम्मेद्वारलाई मतदान नगर्न आग्रह गर्दै निर्वाचनका बखत ९ वटा स्थानीय तह रहेको प्यूठानका ६४ वटै मत माग्न पुग्नु भएको थियो ।

वडा स्तरीय र वडाका बुथ स्तरीय कार्यक्रम आयोजना गरी मत माग्नुभएका थापा निर्वाचत भएपछि काठमाण्डौ फर्कने सुरु गर्नु भएन । जसले गठबन्धन निकट दलहरु थापाको जनताप्रतिको मोह देख्दा आश्चर्य चकित परेका छन् ।

जहाँ जहाँ निर्वाचन केन्द्रित कार्यक्रम गरी मत मागिएको थियो त्यहाँ त्यहाँ थापा दोस्रो पटक पुग्नु भएको हो । निर्वाचित भएपछि सदरमुकाम खलंगाबाट आम मतदाताहरुलाई धन्यवाद दिदै गाउँ पस्नुभएका थापा करिव १ महिना भन्दा बढी गाउँ गाउँ पुग्नुभएको हो ।

सरुमारानी गाउँपालिकाको वडा नं. ६ मा आयोजित कार्यक्रममा सहभागी भएर थापा निर्वाचित भएपछिको मतदातालाई धन्यवाद दिने कार्यक्रम समापन भएको जानकारी दिनुभयो ।

गाउँका मतदाताको मत लिएर बिजयी भएकाले आफू गाउँकै जनतासँग रम्न मन लाग्ने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो । वडा स्तरीय कार्यक्रम बाहेक जिल्लामा भुगोलका आधारमा अन्य बृहत कार्यक्रम तय गरी आफू गाउँ फर्किरहने उहाँको भनाई छ ।

थापा सँगै प्यूठान प्रदेश नं १ का नेकपा एमाले का तर्फबाट लुम्विनि प्रदेश सभामा निर्वाचित तुल्सीराम शर्मा पनि आफ्नो निर्वाचन क्षेत्रको सबै गाउँमा पुगेर आम मतदातालाइ धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय