ट्रेन्डीङ्ग

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सरगर्मि बढिरहेको छ । निर्वाचनमा नेकपा (एमाले) सँग सत्ता गठबन्ध दल प्रतिष्पर्धामा छन् । प्यूठानमा सबैभन्दा ठुलो दल एमाले बाट प्रतिनिधि सभामा सूर्य थापासँग चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले अघि सारेको दुर्गा पौडेल चुनावी मैदानमा छिन् ।

गठबन्धनको सहारामा पौडेलले चुनाव जित्ने दाउमा थापिरहेका बेला एमालेलाई प्यूठानमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस (बिपि) ले साथ दिने भएको छ । यो सँगै प्यूठानमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जित्नको लागि एमालेलाइ थप मिलेको छ ।

नेकपा एमाले पार्टी कार्यालय विजुवारमा नेपाली कांग्रेस (बिपि) को तर्फबाट जिल्ला अध्यक्ष बल बहादुर महतरा, जनता समाजवादीका जिल्ला अध्यक्ष श्रीराम पोख्रेल र नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजयविराज विष्टद्वारा संयुक्त बिज्ञप्ती जारी गर्दै नेकपा एमालेलाई सघाउने सहमति भएको सार्वजनिक गरिएको छ ।

बिज्ञप्तीमा प्रतिनिधि सभा तथा प्रदेश सभा प्रत्यक्ष उम्मेद्वार तर्फ सूर्य चिन्हमा मतदान गर्ने गराउने, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आ-आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने र चुनाव प्रचार प्रसारको क्रममा संयुक्त चुनावी सभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने गराउने ३ बुदे सहमति भएको छ ।

हेर्नुहोस बिज्ञप्तीको पुर्ण पाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय