ट्रेन्डीङ्ग

होटल व्यवसायि संघ प्युठानले आफ्ना व्यवसायीको मृतक परिवारलाइ आर्थिक सहयोग गरेको छ । झिमरुक गाउपालिका ५ निबासि हिराबहादुर राेका मगरकि श्रीमती ४८ बर्षिय तुलसा राेकाकाे परिवारलाइ सहयोग गरिएको संघका महासचिव लिलाधर न्यौपानेले जानकारि दिनुभयो ।
रोकाको यहि भदौ ६ गते उच्च रक्तचापका कारण निधन भएको थियो । संघले रोकाको असामयिक निधन प्रति दु:ख ब्यक्त गर्दै किरिया खर्च सहयो स्वरूप ५ हजार रूपैया प्रदान गरेको हो ।
आईतबर हाेटल ब्यवसायि संघ प्युठानका महासचिब लिलाधर न्याैपाने, मच्छि ईलाका अध्यक्ष राम बहादुर एम.सि. सहित हाेटल ब्यबसायिहरु मृतक राेकाकाे घरमा सहयोगका लागि पुगेका हुन ।
स्वर्गीय तुलसा राेका मगरकाे श्रीमान हिरा राेकामगरले होटल व्यवसायि संघले घरमै आएर सान्त्वना स्वरूप आर्थिक सहयोग उपलव्ध गराएकोमा धन्यवाद प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय