ट्रेन्डीङ्ग

नेकपा एमाले प्यूठानले चुनाव लक्षित कार्यक्रमलाइ तिब्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा संगठित सदस्य नविकरण तथा संगठित सदस्य थप गर्ने अभियान सहित एमाले प्यूठान कार्यकर्तालाइ प्रशिक्षण लिएर गाउँ पसेको हो ।

सबै गाउँपालिका तथा नगरपालिका कमिटीले बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी वडा स्तरमा प्रशिक्षण सञ्चालन गरीने एमाले प्यूठानका अध्यक्ष बिजयविराज विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कायम भएका संगठित सदस्य, नयाँ थप हुने सदस्य, सक्रिय एमाले कार्यकर्ता र नवप्रवेशीहरु समेतलाइ एमालेको निती र कार्यदिशाबारे स्थानीय स्तरमा प्रशिक्षण दिइदैछ ।

स्थानीय तहबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सचिवालय सदस्य तथा जिल्ला कमिटी सदस्य र गाउँपालिका कमिटी पदाधिकारी सम्मिलित प्रशिक्षण टिम तयार गरिएको छ । जिल्लामा झिकरुक गाउँपालिका कमिटिले भदौ ३ गतेदेखि प्रशिक्षण कार्यक्रम थालेको छ ।

गौमुखि गाउँपालिकाले भदौ ७ गतेदेखि वडा नं १ र २ अर्खाबाट अभियान सञ्चालन गरेको छ भने भदौ ८ गते ५ नं वडा कमिटिले खुङमा कार्यक्रम आयोजना गर्दैछ ।

मल्लरानी गाउँपालिकाले ५ नं वडा कुमिकोटबाट ८ गतेदेखि अभियान थालेको छ भने स्वर्गद्वारीले सारीबाट बस्ति स्तरमा प्रशिक्षण कार्यक्रम थालेको हो । त्यस्तै माण्डवि र ऐरावतिमा आजैदेखि कार्यक्रम थालिएको छ भने सरुमारानी गाउँपालिका र प्यूठान नगरपालिकाले ९ गतेदेखि अभियान थाल्ने कार्ययोजना बनाएका छन् ।

प्रशिक्षण टोलिले १३ गते भित्र सबै वडा कमिटीको बैठक बसी टोल कमिटीका बैठकको योजना बनाउने, टोल कमिटीको बैठक बसी घरदैलो गरि पार्टी सदस्यता नवीकरणको काम भाद्र १५ गते सम्म सम्पन्न गर्नेछ ।

त्यसैगरी स्थानीय स्तरमा सबै जनसंगठन परिचालन संयन्त्रको बैठक बसी जनसंगठन ब्यबस्थापन तथा परिचालनको योजना बनाउने गरि टोल टोलमा एमाले प्यूठान परिचालित भएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय