ट्रेन्डीङ्ग

बाग्दुलाबाट डामृ जाँदै गरेको जिप दुर्घटनामा परी घाइते हुनेहरु १५ जना मध्ये ५ जना प्यूठान अस्पतालबाट रिफर भएका छन् । रिफर हुनेहरुमा नौबहिनी गाउँपालिका ५ डामृ निवासी होम बहादुर बुढा मगर (वर्ष २८) रेमशरा बुढा मगर (वर्ष २५), दिलमाया थापा (वर्ष २२), दल बहादुर खत्री (वर्ष ३०), मिनराज राना क्षेत्री (वर्ष ५२) रहेका छन् ।

घाइतेहरु नौबहिनी गाउँपालिका ५, डामृ निवासी मिनाराम सुनार (वर्ष ५२), इन्द्र बहादुर बुढामगर (वर्ष २६), रबिन घ.म. (वर्ष २३), धनमला थापा मगर (वर्ष १८), रोशन थापा मगर (वर्ष ११), दिलसरी बिक (वर्ष ६०), रियासा थापा (वर्ष ११), लक्ष्मी घर्ति मगर (वर्ष २५), ऐरावती गाउँपालिका वडा नं. ५ निवासी गोबिन्द के.सी. (वर्ष २८), लुङ्गृ गाउँपालिका वडा नं. १, निवासी अस्मिता पुन मगर (वर्ष १२) को प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेकोछ ।

लु १ ज १५४५ नं. को सवारी जिप हिँजो दिउँसो करिव ४ः४५ बजेको समयमा बाग्दुला बाहाने सडक खण्डको नौबहिनी गाउँपालिका वडा नं. ६, बाहाने बजार नजिकै खहरे खोलामा दुर्घटना हुँदा नौबहिनी गाउँपालिका वडा नं. ५, डामृ निवासी २५ दिनको बालिकाचेतना बुढा, ४ वर्षिय बालिका करुणा बुढा र २५ वर्षिय चालक लुकेश थापा सहित ३ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय