ट्रेन्डीङ्ग

जिल्लाको नौबहिनी गाउँपालिका ८ फोप्लिमा एच.आइ.भि. सम्बन्धि निशुल्क परिक्षण सेवा दिइएको छ । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलँगा प्युठानको सहयोग र फोप्ली स्वास्थ्य चौकीको समन्वयमा एक दिने परिक्षण सेवा दिइएको हो ।

रोजगारको शिलशिलामा घरबाट बिदेश गएका र बिशेष गरी भारतबाट गाउँमा फर्कनु भएकाहरुलाइ यो सेवा दिइएको स्वास्थ्य चौकि प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । बैदेशिक रोजगारीबाट घर आउनु भएका सहित रोजगारीका लागि भारत र बिदेश हुनेहरुको श्रीमतीलाइ एच.आइ.भी. एड्स सम्बन्धि निशुल्क परिक्षण सेवा दिइएको उहाँले बताउनुभयो ।

एक दिवसिय कार्यक्रममा स्थानीय ७० जनाको जाँच गरीएको थियो । जाँच गराएका सबैको रिपोर्ट नेगेटिभ भेटिएको थियो । सोही अवसर पारेर स्थानीयलाइ एच.आइ.भी. एड्स, यसबाट अपनाउनुपर्ने सावधानी, यो रोग लाग्दा हुने बेफाइदा र सामाजिक बिभेद सम्बन्धी स्वास्थ्य शिक्षा दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय