ट्रेन्डीङ्ग

स्थानीय तहको निर्वाचन २०७९ बाट नयाँ जनप्रतिनिधि आएसँगै यिनिहरुको निशानामा करार कर्मचारी परेका हुन् । आफूखुसी करारका कर्मचारी भर्ना गर्दै आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराई सामान्य प्रशासन मन्त्रालयले पत्र काटेको हो । स्थानीय तहको निर्वाचन २०७४  को कार्यकालमा राखिएका करार सेवाका कर्मचारी आफुखुसि फाल्ने राख्ने गरेको कारण यसरी पत्र काट्नु परेको हो ।

मनलाग्दी करारमा कर्मचारी राख्ने र हटाउने गर्न थालेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाउँदै सचेत गराएको हो ।

खाली पदहरूमा पदपूर्तिका लागि लोकसेवा अयोगमा जानकारी नगराइ करारलाई निरन्तरता दिदै राखिएका करारकालाई एकमुष्ट हटाएर पुनः विज्ञापन गरेकोले योग्यता एवं प्रणालीकै उपहास भएको बताइएको छ ।

कतै राख्ने फाल्ने र पुन बिज्ञापन गर्ने गरेको बारेको उजुरी अख्तियारबाट आएको समेत जानकारी गराउँदै उक्त विषयमा कानुन बमोजिम मात्रै गर्न मन्त्रालयले भनेको हो ।

नव निर्वाचित जनप्रतिनिध आएसँगै प्यूठानमा करिब ६३ जना भन्दा बढी करार कर्मचारी हटाइएका छन् । सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकाले ३४ जना कर्मचारी हटाएकोमा १४ जना कर्मचारीलाइ पुन थमौती गरेको छ ।

अन्य माण्डवी गाउँपालिका सहित अन्य गाउँपालिका भने चालचुल नगरी बसेका छन् । मन्त्रालयको यो पत्रले फालिएका कर्मचारी के हुने भन्ने अन्योल बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय