ट्रेन्डीङ्ग

जिल्लाको मुख्य बजार बाग्दुला देखि लुङको बाहाने सम्मको यात्रा जोखिमपुर्ण छ । यो सडकको विकास र स्तरोन्नतका लागि सरोकारवाला निकायको नजर नपुग्दा सर्वसाधारण सास्ती भोग्न खेप्न बाध्य छन् ।

जहिँतहिँ खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै बनेको उनीहरुको गुनासो छ । सडकको दुरी बाग्दुला देखि बाहाने सम्म १३ मिटर मात्र भएपनि यो दुरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।

पैदल हिँड्न निकै मुस्किलै पने यो सडकमा गाडीमा सवार गर्दा समेत उत्तिकै सास्ती रहेको छ ।वर्षा याममा सधंै हिलाम्य हुने यो सडक हिउँदमा सधै धुलाम्मे हुने गरेको छ ।

नौबहिनी ८ लुप्लुङबाट चुनढुङ्गा खानीमा ओहोर दोहोर गर्ने ट्रिपरले बाटो बिगारेको कारण यो सडक जोखिमपुर्ण बनेको हो । खानी उत्खनन् मार्फत कर असुल्ने सरकारले सडकमा प्रयाप्त बजेट बिनियोजन नगर्नाले सडक सुधार हुन सकेको छैन ।

ट्रिपर हिँड्नका लागि दम्तीदेखि माथि बैकल्पिक सडकको व्यवस्था नहुँदा ओभरलोड सहितको ट्रिपरले बाटो बिगारेको हो । यहाँ अन्य सार्वजनिक सवारी बाहेक दैनिक दर्जन बढी ट्रिपर सहित ओहोर दोहोर गर्छन् ।

कच्ची सडक, बाटोको कुनामा नालीको राम्रो व्यवस्था नहुनु, ठाडो खोलो समेत यसै बाटो भएर बग्ने हुनाले यो सधै हिलाम्य हुने गरेको स्थानीयको गुनासो छ ।

चुनढुङ्गा खानी निस्कने ठाउँ अँधेरीदेखि बाहाने सम्मको हालत पनि उस्तै छ । सरकाले गाउँपालकीको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने भन्ने योजना अगाडि सारेको वर्षौ भएपनि यहाँ कार्यन्वयन भएको छैन ।

मोटरसाइकल र पैदल यात्रुलाई यो सडकमा एकपटक यात्रा गरेपछि पून जान सक्ने अवस्था छैन । खाल्डा खुल्डिमा जम्मा भएको पानी सवारी साधनले छचल्काउँदा सधै असार पन्ध्रको रोपाइको अनुभव स्थानीयले गर्छन् ।

प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको क्षेत्रमा पर्ने यो सडकमा स्थानीय तहले सडक सुधार र मर्मतका लागि चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय