नौबहिनी गाउँपालिका प्यूठानको बाहानेमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ३ सय ८० जनाले सेवा पाएका छन् । शिविरमा आएका सेवाग्राहीलाई निशुल्क रुपमा स्वास्थ्य जाँच, निशुल्क औषधी वितरण सहित परामर्श दिइएको थियो ।
सोहि अवसरमा निशुल्क रुपमा ल्याव सेवा समेत दिइएको थियो । शिविरमा दन्त सेवा, महिलाको पाठेघरको समस्या, स्तन सम्बन्धी सेवा, खुट्टा दुख्ने सुन्निने, ढाड दुख्ने लगायतका बिरामीले सेवा पाएका हुन् ।
नौबहिनी फार्मेसि एण्ड हेल्थ क्लिनिकको समन्वयमा समृद्धि सेवा समाज र लमजुङ गोर्खा तनहु सेवा समाजको आयोजनामा निशुल्क शिविर आयोजना गरीएको हो । औषधी खरीद तथा चिकित्सकहरुका लागि आर्थिक सहयोग लमजुङ गोर्खा तनहुँ सेवा समाज र नौबहिनी फार्मेसी एण्ड हेल्थ क्लिनिकले गरेका हुन ।
शिविरमा डा. अनिल बस्नेत, फार्मेसिस्ट निर्मलबुढाथोकी, ल्याव टेक्निसियन प्रतिभा डाँगि, हेल्थ असिस्टेन्ट श्रीजना बुढाथोकि, ल्याव असिस्टेन्ट सोनिका चौधरी, दन्त चिकित्सक चुडामणि शर्मा, महिला सम्बन्धी समस्या कमला कुवर लगायतले सेवा दिनुभएको अध्यक्ष रोशन डाँगिले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ सय ५० जनाले दन्त सेवा, ५० जनाको निशुल्क सुगर जाँच सहित अन्यलाइ स्वास्थ्य सेवा तथा परामर्श दिइएको थियो ।