ट्रेन्डीङ्ग

स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्री बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । शनिवार लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका ४ भ्यागुतेमा दुर्घटना भएको थियो  ।

दुर्घटनामा परि घटनास्थलमा १ सहित मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घायते ५४ वर्षीय कान्ति कर्णको अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो भने ७० वर्षी पटवारी कुहारको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा रुपन्देही जिल्ला मायादेवी गाउँमापालिका वडा नं. ७ का ४२ वर्षीय विनोद कुहार, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ४ का अन्दाजी ४० वर्षीय उर्मिला कुहार, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ३ का ४० वर्षीय आशा थारु, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ७० वर्षीय धुव्रा नारायण काबी, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ३ का ६१ वर्षीय प्रल्हाद थारु, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं.३ का ५५ वर्षीय किसदी थारु, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ३ का ६३ वर्षीय रुदल चाैधरी, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ६० वर्षीय पुष्पा मालि, मायादेवी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय मागरी थारु, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ५२ वर्षीय सरोज माली, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार जो गम्भीर घाइते रहेका छन उनको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।

यसैबीच रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं ७ का ७५ वर्षीय प्राग कुहार, रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं ७ का ६ वर्षीय बालिका संगीता कुहार, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ४ का १५ वर्षीय चन्दन कुहार र रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं. ६ का ६० वर्षीय उर्मिला बर्मा रहेका छन । घाइतेहरुको अहिले बुटवल र भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय