ट्रेन्डीङ्ग

रानी म्युजिक शलुसनको आयोजनामा अर्घाखाँचीमा खुल्ला लोकगित प्रतियोगिता सम्पन्न भएको छ। “हाम्रो अभियान लोक संस्कृतीको संरक्षण : स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने उद्देश्यका साथ शुक्रबार मालारानी गाउँपालिका वार्ड न ६ को हंशपुर रतनमारेमा सम्पन्न भएको हो ।
प्रतियोगिताको समुद्घाटन कार्यक्रममा मन्तव्य दिनुहुदै मालारानी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नारायण प्रसाद अर्यालले गाउँ ठाउँमा लुकेर रहेका प्रतिभाहरूको प्रोत्साहनका लागि सञ्चालन गरिने यस्ता कार्यक्रम नियमित भइरहनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा अर्घाखाँची र गुल्मी जिल्लाका विभिन्न १२ प्रतियोगीहरुको सहभागीता रहेको थियो। सहभागिमध्ये प्रथम स्थान रमेश के.सी. मालारानी ७ बामरुक अर्घाखाँची, दोस्रो स्थान सिमा नेपाली धुर्कोट ३ हाडहाडे गुल्मी, तेस्रो स्थान केशर थापामगर भुमिकास्थान अर्घाखाँची र चौथो स्थान बिजय के.सी. मदाने ३ गुल्मी भएका छ्न ।
प्रतियोगितामा क्रमशः पहिलो हुनेलाई नगद रु. ७ हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु. ३ हजार र प्रमाणपत्र , तेस्रो हुनेलाई नगद रु. १ हजार ५ सय र प्रमाणपत्र र चौथो हुनेलाई नगद रु. १ हजार र प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा रानी म्युजिक शोलुसनका अध्यक्ष बसन्त बस्नेतको अध्यक्षता , मालारानी गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यता , जीवन खडकाको स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन बल बहादुर रानाले गर्नुभएको थियो ।                 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय