ट्रेन्डीङ्ग

जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ सौतामारे निवासि हिमा बिक महिनौदेखि ओच्छ्यानमै थला पर्नुभएको छ । उपचारका लागि आर्थिक अभावमा उहाँले मृत्यु कुरेर बस्नुपरेको बताउनुभयो । ५९ वर्षीय हिमा गम्भिर रोगका कारण पछिल्लो ३ महिनादेखि थला पर्नुभएको हो ।

उहाँका श्रीमान गंगा बहादुरले श्रीमतीके एउटा मृगौला ड्यामेज भएको बताउनुभयो । उपचारका लागि श्रीमान गंगा बहादुरले आर्थिक अभाव रहेको बताउनुभयो । मृगौला सहित मुटुको भल्वका नसाहरुले पनि काम गर्न छोडेको चिकित्सकहरुले बताएको उहाँको भनाइ छ । जसका कारण हिमालाइ उभिन समेत निकै पीडा हुने गरेको छ ।

हिमाको पहिला भन्दा अहिले बिस्तारै खुट्टा सुन्निन थालेका छन । उहाँलाइ खाना खान रुची नहुने र शरीर पनि सुक्दै गएको श्रीमान गंगा बहादुरले बताउनुभयो । लामो समय धामी झाक्रिको भरमा गाउँमै उपचार गराइरहेका उनीहरुलाइ सन्धिखर्च अर्घाखाँचीको ओम पोलिक्लिनिकका सञ्चालकले बुटवलमा उपचार लागि जान सुझाव दिनुभएको थियो ।

बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि. मा जाँच गराएका उनिहरुलाइ गम्भिर रोगको समस्या रहेको र पैसाको जोहो गरी बिशेषज्ञ सहितको अस्पताल जान बताएका छन ।

हिमाको शरिरमा धेरै रोग भएका कारण काठमाडौ लैजान अनुरोध गरेपनि आर्थकि समस्याका कारण उनीहरु घर फर्किएका हुन । उपचारमा धेरै रकम लाग्ने भएकाले हिमाले मृत्यु कुरीरहनुभएको छ भने श्रीमानले पैसाको जोहो गर्न सक्नुभएको छैन ।

झिमरुक गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ध्रुवराज खनालले दिनुभएको २० हजार रुपैयाँ र छिमेकीहरुबाट चन्दा संकलन गरेको रकमबाट बुटवल सम्म पुगेपनि थप उपचारका लागि आर्थिक समस्या रहेको छ । बिपन्न परिवारको उपचारका लागि स्थानीय युवाहरुले चन्दा संकलन अभियान थाल्ने योजना बनाएका छन । उनीहरुले महिनौदेखि थला परेकी हिमाको उपचारका लागि सहयोग गर्न सबैलाइ अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय