ट्रेन्डीङ्ग

प्युठानका २ बालकहरु बिगत तीन दिन देखि बेपता भएका छ्न।जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ गर्तङ्ग फेदी सौतामारे निवासी राम बहादुर नेपालीको छोरा वर्ष १४ को आशिष नेपाली र सोही ठाउँ बस्ने चन्द्र बहादुर नेपालीको छोरा वर्ष १६ को किसान नेपाली साउन ९ गतेदेखि परिवारको सम्पर्कमा छैनन ।                                                              उनिहरू दिउँसो देखी परिवार र कोहि पनि आफन्तको सम्पर्कमा नरहेकोले खोजि गरिदिन परिवारले हारगुहार थालेका हुन ।
बिद्यालयको बर्षे बिदा भए संङ्गै आफ्नो दिदीको होटलमा सघाउन किसान बसेका थिए भने आशिषले पढाई छाडेर आफ्नो बुवाको होटलमा सहयोग गर्दै आएका थिए ।
सौतामारे सिमाना देखि साइकल मर्मत गर्न अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ को हंसपुर रतनमारेमा रहेको ग्यारेजमा जान्छौ भनी हिडेका उनिहरु ३ दिन बितिसक्दा पनि घर फर्किएका छैनन । जहितहि सबै आफन्लाइ सोध्दा पनि उनिहरू सम्पर्कमा नरहेको आशिषका दाई भीष्म नेपालीले जानकारी दिनुभयो ।
पछिल्लो ३ दिन देखि बेपत्ता भएसंङ्गै खोजी कार्यमा सहयोग गरिदिन स्थानीय, आफ्न्त संङ्गै जिल्ला प्रहरी कार्यलय अर्घाखाँची र प्युठानमा समेत जानकारि गराइएको घरपरिवारले बताएका छन । कहि कतै भेटिएमा बालकका आफन्तको सम्पर्क नं ९८६७५०४६९५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय