जिल्लाको झिमरुक गाउँपालिका प्यूठानले विपन्न असाहय तथा गरिव बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पालिका भित्रका करिब २ सय ८५ विपन्न असाहय तथा गरिव बिद्यार्थीहरुलाई शैक्षिक सामग्रि वितरण गरीएको हो ।
गाउँपालिकाका अध्यक्ष पित बहादुर महतराले एक समारोहका बिच झोला सहित शैक्षिक सामाग्री उपलब्ध गराइएको झिमरुक गाउँपालिकाका शिक्षा प्रमुख मोहन बि.सि. ले जानकारी दिनुभयो ।
गाउँपालिकाले केही दिन अघि मात्र सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को नीति कार्यक्रम अन्तर्गत शिक्षालाई पहिलो प्राथामिकतामा राखेको थियो ।
यस्तै कक्षा १ देखि कक्षा १० सम्म पुर्ण निशुल्क शिक्षा गएको बर्षदेखी पालिकामा लागू गरिएको शिक्षा प्रमुख बि.सि.को भनाई रहेको छ ।