ट्रेन्डीङ्ग

प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई रगत चढाउँदा लाग्ने परिक्षण शुल्क अबदेखि नलाग्ने भएको छ । निशुल्क रक्त सञ्चार सेवा कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाईटि प्युठान शाखा र प्युठान अस्पताल बिच बुधवार यस सम्बन्धी सम्झौता भएको हो ।

रगत चढाउँदा शुल्क नलाग्ने भएपनि रगत परिक्षण गर्दा रेडक्रस प्यूठानले रोग परिक्षण, क्रस म्याच, ब्लड ब्याग, केमिकल लगायतका कार्यका लागि ८ सय ५० रुपैयाँ लिइदै आएको सभापति गुमानराज पुलामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रकम अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले भरेको फारमको आधारमा लुम्बिनी प्रदेश सरकार मार्फत प्यूठान अस्पताले उपलब्ध गराउनेछ ।

गाउँबाट उपचारका लागि आउने बिरामीहरुलाई रगत परिक्षण गर्दा तिर्न नसक्ने बिपन्न परिवारलाई यो कार्यले सहयोग मिल्ने भएको छ ।

यो सम्बन्धी प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट खिमप्रसाद पार्धे र रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामी बिच सम्झौता भएको हो ।

प्यूठान अस्तालमा रेडक्रस प्युठान मार्फत २०६८ बैशाख २५ गते आकस्मिक रक्तसञ्चार सेवा सुरुवात गरीएको थियो भने २०७३ जेठ १५गतेदेखि ब्लड बैंकको रुपमा सेवा थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय