ट्रेन्डीङ्ग

जिल्लाको माण्डबि गाउपालिका प्युठानबाट निष्कासित कर्मचारिहरूबाट गाउपालिकालाई २ दिने अल्टिमेटम दिएका छन । गाउपालिकाले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारिहरू असन्तुष्ट बनेका हुन ।

करार सेवामा नियुक्त गरिएका कर्मचारीलाई बर्खास्त गर्ने कार्यपालिकाको निर्णय तुरून्त सच्चाउन आग्रह गरिएको छ ।
कार्यपालिकाको बैठकले पालिकामा कार्यरत २१ जना कर्मचारीहरूको साउन १ गतेवाट लागू हुने गरि असार ३० गते म्याद थप नगर्ने निर्णय गरेको थियो ।

रोजगारीबाट हटाउने निर्णयबाट असन्तुस्ट करार कर्मचारीहरुले आईतबार माण्डबी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् ।

यो निर्णय पुर्बाग्रह र एकलौटी ढंगले आएको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् । नियमित सेवामा रहेका कर्मचारीलाई रोजगारीबाट निकाल्ने निर्णय खारेज गर्नुपर्ने भन्दै उनीहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन । सो निर्णय दुई दिनभित्र नसच्चाईए सङ्घर्षमा उत्रने समेत करार कर्मचारिहरूले चेतावनि दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय