ट्रेन्डीङ्ग

खुङ स्वास्थ्य चौकीलाई जिल्लाकै दोस्रो पूर्ण संस्थागत सुत्केरी हुने वडा घोषणा गरिएको छ । गौमुखि गाउपालिका ५ खुङ्मा रहेको स्वास्थ्य चौकिलाई आइतवार पुर्ण संस्थागत सुत्केरियुक्त वडा घोणा गरिएको हो । वडामा पछिल्लो ३ वर्षमा गर्भवति भई स्वास्थ्य संस्थामा सुरक्षीत रूपमा सुत्केरि भएको तथ्याङ्कको आधारमा वडा घोषणा गरिएको स्वास्थ्य चौकि प्रमुख दुर्गा प्रसाद शर्माले जानकारि दिनुभयो ।                       

उहांका अनुसार गौमुखि ५ नं वडामा आ.व. ०७६/७७ मा ५७ जना गर्भवति भएकोमा खुङ स्वास्थ्य चौकिमा ४१ जना र १६ जना प्युठान अस्पताल लगायत नजिकको अन्य स्वास्थ्य संस्थामा सुरक्षीत रूपमा सुत्केरि भएका थिए । त्यसैगरि आ.व. ०७७/७८ मा ५३ जना गर्भवति भएकोमा खुङ स्वास्थ्य चौकिमा ३५ जना र १८ जना प्युठान अस्पताल लगायत स्वास्थ्य संस्थामा सुरक्षीत रूपमा सुत्केरि भएका थिए भने आ.व. ०७८/७९ मा ४४ जना गर्भवति भएकोमा खुङ स्वास्थ्य चौकिमा २६ जना र १८ जना प्युठान अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा सुरक्षीत रूपमा सुत्केरि भएका थिए ।     

स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणाका गाउपालिकाले नजिकको स्वास्थ्य संस्था तथा पायक पर्ने स्वास्थ्य संस्थामा सुत्केरि हुनेलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमूख हरीप्रसाद जैसीले जानकारी दिनुभयो । 

उहांका अनुसार सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य अनुरूप अभियान चलाइएको हो । स्वास्थ्य संस्थामा सुत्केरि हुने गर्भवतिहरू तथा स्वास्थ्य संस्थामा नियमित रूपमा ४ पटकसम्म जाँच गराउनेलाई २ हजार ८ सय सहित न्यानो झोला उपलब्ध गराउंदै आएको भने वडा कार्यालयले टाढाबाट आउनेलाई यातायात खर्च बापत रू.१००० र नजिकबाट आउनेलाई रू. ५०० उपलब्ध गराइदै आएको वडा अध्यक्ष बरूणध्वज मल्लले जानकारि दिनुभयो ।

त्यसैगरि आगामि आर्थिक वर्षदेखि टाढाबाट आइ सुत्केरि हुनेलाइ २ हजार रूपैया र नजिकबाट आइ सुत्केरि हुनेलाई १ हजार रूपैया उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । घोषणा कार्यक्रममा लुम्बिनि प्रदेश सांसद तारा जिसि, गौमुखि गाउपालिका अध्यक्ष विष्णुकुमार गिरि, उपाध्यक्ष महाविर राना, प्रमुख प्रशािकिय अधिकृत खुम बहादुर घर्ती, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, स्थानियवासि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय