ट्रेन्डीङ्ग

गाैमुखी गाउँपालिका प्यूठानले २०७९ को शैक्षिक क्यालेण्डर २०७९ सार्वजनिक गरेको छ । गौमुखी माध्यामिक विद्यालय ठुलावेसीका सहायक प्रधानाध्यापक जाहेश्वर जैसीको संयोजकत्वमा बनेको क्यालेण्डर निर्माण तथा संम्पादन समितिले तयार गरेको शैक्षिक क्यालेण्डर सार्वजनिक गरिएको हो । क्यालेण्डर गाउँ पालिका भित्रका सबै विद्यालयहरुमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादु घर्तीले जानकारी दिनुभयो ।

क्यालेण्डरमा शिक्षा शाखा गौमुखीको विद्यालयहरुलाई निर्देशन, मासिक कार्य तालिका, परीक्षाहरुको समय तालिका लगायत बिषयहरु समावेश गरीएको छ । शैक्षिक क्यालेण्डर विद्यालयहरुका लागि गाइडलाइन बन्ने र शैक्षिक स्तरमा सुधार आउने आशा गरिएको गौंमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय