स्वर्गिय आमाको स्मृतिमा बलभद्र माध्यामिक विद्यालय बाँदिकोटमा अक्षय कोषको स्थापना गरिएको छ । झिमरुक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले आफुले अध्यन गरेको विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको हो ।
स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले बलभद्र माविमा ५० हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पोख्रेललाई चेक हस्तान्तरण गर्दै पोख्रेलले अक्षयकोषको रकमबाट अभिभावक विहीन जेहेनदार विद्यार्थीको पढाइका लागि सञ्चालन गरिने जानकारी दिनुभयो । स्वर्गिय डिला कुमारीको गतवर्ष कोरोना संक्रमणको कारण स्वर्गारोहण हुनुभएको थियो ।