प्यूठान खवर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्यूठानले प्यूठानका कृषकहरुलाइ सम्मान गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा परियोजना एकाइले कृषी प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान सहित कार्य गर्ने १२जना कृषकहरुलाइ सम्मान गरिएको हो ।
कार्यक्रममा चैते धान उत्पादन कार्यमा उल्लेखनिय योगदान गर्नुहुने किशोर विस्ट, यूवा उद्यमिको रुपमा नविन कुमार श्रेष्ठ, व्यवसायिक तरकारी खेति तर्फ तिलक बहादुर गुरुङ, बर्षे धान बालि उत्पादन तर्फ इन्द्र बहादुर थापा, धानको विउ उत्पादन तर्फ नरहरी योगि, तरकारी खेतिमा नविन्तम प्रबिधिको प्रयोग र प्रांगारीक तरकारी खेति तर्फ देवा सुवेदी, तरकारी नर्सरी उत्पादन तर्फ मुक्ति पोख्रेल, मेहनेति कृषकको रुपमा मान बहादुर पुन, कार्यक्रम सन्चालनमा सम्पर्क एवं समन्वय तर्फ रविन्द्र कुमार भण्डारी, तरकारीको संकलन एवं बजारीकरण तर्फ पदम बहादुर थापा, महिला उद्यमिको तर्फ बाट बेगमा पोख्रेल र सम्झौता बमोजिम सबै भन्दा छिटो कार्यक्रम सन्चालन एवं सम्पन्न गरेवापत रेखा सार्किलाइ सम्मान गरीएकोहो ।
सम्मान कार्यक्रमको अवसरमा प्यूठानका कृषकहरुले आफ्ना उत्पादनमा भएका समस्या र बजारीकरणका विषयमा बिभिन्न गुनासाहरु राखेका थिए । कार्यक्रममा सहभागी कृषक लोकराज पोख्रेलले स्थानीय कृषकले उत्पादन गरेको वीऊ स्थानीय सरकारले खरीद नगर्ने तर जिल्ला बाहिरबाट ल्याइदिने समस्याबारे गुनासा राख्नुभएको थियो । उहाँले आफुहरुले उत्पादन गरेका बिउ स्थानीय सरकारले किनिदिन आग्रह गर्नुभयो ।
तरकारी जोन सञ्चालन समन्वय समितिका संयोजक समेत रहनुभएका पोख्रेलले प्रमुख अतिथी रहनुभएका प्यूठान नगरपालिका प्रमुख विष्णु योगीलाई उर्भ खेति हुने ठाउँ र फाँटमा बस्ति नबसाल्ने निति कार्यान्वयनका लागि सुझाव दिनुभएको छ ।
पोख्रेल सहित कार्यक्रममा सहभागि किसानका धेरै समस्या रहेको र त्यसलाई समाधान गर्न नसक्दा कृषि क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको प्रमुख अतिथी योगीले बताउनुभयो । उहाँले प्यूठान नगरपालिकाले आगामी वर्षको बजेटमा अघिल्लो वर्षको तुलनामा ३ गुणा बढी बजेट विनियोजन गरेको कार्यक्रममा सहभागि कृषकहरुलाइ जानकारी दिनुभयो ।
उहाँले स्थानीय उत्पादनलाई पालिकाले खरिद गर्ने वातावरण मिलाउन सहयोग गर्ने प्रतिवद्दता समेत गर्नुभएको छ । उहाँका अनुसार प्युठान नगरपालिका तथा जिल्लाभर सबै स्थानीय तहसँग सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समेत उहाँको भनाई छ । कार्यक्रममा विशेष अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिका भित्रका बाझो जग्गा उपयोग गर्ने गरि नीति ल्याएको बताउनुभयो ।
जिल्लामा कृषि क्षेत्रमा काम गर्ने निकायसँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा कार्यक्रम गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कृषि क्षेत्रको व्यावसायिकरण र बजारीकरण गरेर जिल्लालाई धान र तरकारीमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो ।
डिभिजन बन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले कृषि क्षेत्रसँगै बन क्षेत्रको सदुपयोग गरि आयआर्जन बढाउन सकिने बताउनुभयो । कार्यक्रममा अनुदानका लागि मात्र कृषि खेती गर्नेलाई रोक्ने गरि स्थानीय सरकारले अनुगमन गर्नुपर्ने कृषकको सुझाव छ ।
कार्यक्रममा प्यूठान नगरपालिका नगर प्रमुख विष्णु योगी प्रमुख अतिथी, मल्लरानि गाउपालिका अध्यक्ष कृष्ण खड्का विशेष अतिथी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी नायव उपरिक्षक सत्यनारायण थापा, नेपाल पत्राकार महांसघ प्यूठान, प्यूठान उद्योग वाणिज्य संघ, निर्माण व्यवसायि संघ, फलफूल तथा तरकारी व्यवसायि सघं, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, तरकारी तथा धान जोन सन्चालक समन्य समितीका सम्पुर्ण पदाधिकारी, पुर्व जोन सन्चालक समन्वय समितीका संयोजक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन एवं सहजीकरण कार्यालय प्रमखु चुमानसिंह गिरिले गर्नुभएको थियो ।