ट्रेन्डीङ्ग

बिमल प्रसाद पाेख्रेल,
प्युठान । लकडाउनको उल्लघंन गर्दै दाङबाट ट्रक सहित मजदुर प्युठान छिरेपछी स्थानियले बिरोध जनाएका छन । प्युठानको झिमरुक गाउपालिका वडा नम्बर १ बांदिकोट कोईलिखोलाका स्थानियले बिरोध जनाएका हुन ।

 

कोरोना संक्रमण महामारीको यो समयमा अन्तर जिल्लाबाट आएकाहरूबाट गाउमा कोरोना संक्रमण फैलन सक्ने र प्रहरी प्रशासनले पहुचको आधारमा आफुहरूको गाउमा अन्तर जिल्लाबाट ट्रक सहित लेवर समेत भित्राएकोमा बिरोध जनाएका हुन । सांङ्ग्रीला प्लाई उद्योगका ५ ओटा ट्रक सहित २० जना मजदुर उत्तिस (प्लाइ वनाउन प्रयोग हुने काठ) लोड गर्न भनि भालुबाङ हुदै प्युठानको झिमरूक गापा कोईलिखोला आएका थिए।

त्यसपछी स्थानियबाट प्रशासनले लकडाउनका बेला ट्रक छिर्न दिन नहुने भन्दै केहि बेर प्लाई लोड गरेका ट्रक समेत रोकेर राखेपनि माथिको आदेश भन्दै ईलाका प्रहरी कार्यालय मच्छिले ट्रक छोडेको थियो । मंगलबार साझ अन्दाजी ६ बजेर ४० मिनेटमा ति ट्रक कोईलिखोलाबाट मच्छि हुुँदै बाग्दुलातर्फ लागेेेेेपनि सरोकारवालाको बिरोधपछि गाडि फर्काएर अनलोड गर्न लगाउने बताइयो ।

 

यसैबिच जिल्ला प्रशासनले पहुचको आधारमा दाङबाट रित्तो ट्रक प्युठान भित्राएको थाहा पाएपछि बाग्दुलाका स्थानियवासिले पनि बिरोध जनाएका छन् । सामान्य रूपमा ओषधि र अति आवस्यक काममा हिड्दा समेत प्रहरी प्रशासनले रोक्ने र केरकार गर्ने तर बाहिरि जिल्लाबाट पहुचका आधारमा मजदुर सहित प्युठान भित्राएकोमा बिरोध गरेका हुन । यिनिहरू भन्छन पहुच हुनेलाइ सबै छुट तर हामी बिरामिलाइ बाग्दुलाबाट विजुवार जादा अौषधि लिन समेत पास चाहिने कस्तो नियम हो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय