
दशरथ घिमिरे,
प्युठान । भारतबाट ३ युवाहरू साइकलमा प्युठान आइपुगेका छन् । उनिहरू साइकलमा ५ दिन लगाएर प्युठान सिमाना आइपुगेका हुन । भारतको इलाहवादको एक होटलमा काम गर्ने गेहेन्द्र बुढा र उनका अर्का २ साथी संगै होटलमा काम गर्दथे । लगातारको लकडाउनले होटल वन्द भएपछी यी ३ जना युवाहरू संगै एउटा कोठामा बस्दै आएका थिए । खानका लागि रासन सकिएपछी साइकल चढेर पाँच दिनमा साइकल चढेर गृहजिल्ला आउनुपरेको उनिहरूले बाध्यता सुनाएका छन ।
‘पाँच दिन भयो त्यहाँबाट हिडेको । दिन रात साइकल चलाइयो” उनिहरूले भने, “खुट्टा पुरै सुन्निएका छन्” । दिन प्रतिदिन भारत आफू बसेको ठाउँ आसपास समेत कोरोना संक्रमितको संख्या बढ्न लागेसंगै गाउँ घरको मायाँले भारतमा बस्न दिएन उनिहरूको भनाइ छ । स्वर्गद्धारी नगरपालिका वडा नं. ९ निवासी उनिहरु अव भारत नजाने संकल्पका साथ गाउँ आएको बताएका छन । ‘अब भारत नजाने, गाउँमै हलो जोत्छु तर, जाँदिन’ ओविराम रोका मगरले भने–‘साइकल चढेर आउन त दुःखै भयो। तर, दुःख भयो भनेर पनि के गर्नु।’ भारतबाट आएका उनिहरूला सुुुरक्षीत रूपमाा कवारेेनटाइन राखिएको छ ।