ट्रेन्डीङ्ग

प्युठानको छिमेकि जिल्ला गुल्मि मदाने गाउपालिका पुरकोट घर भएका १ पुरूषलाइ कोरोना संक्रमण पुष्टि भएपछि छिमेकि आसपासका ठाउमा त्रास उत्पन्न भएको । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनको रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

उनि गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए। उनको अहिले पनि सोही अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

सरकारि विद्यालयमा कार्यरत ४१ वर्षीय शिक्षक समेत रहेका उनी पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि लगिएको थियो ।

शिक्षकको ट्राभल हिस्ट्री कतै बाहिर नगएको पाइएको भएपनि उहाँकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट पनि संक्रमण भएको हो कि भन्न सकिने बताइएको छ । यस्तै यसअघि बुटवल, कपिलवस्तु र बाकेमा संक्रमण भेटिदा प्युठानवासि त्रसित हुने गरेका थिए भने गुल्मि र दाङमा एकै पटक संक्रमित भेटिदा प्युठानमा त्रास छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय