ट्रेन्डीङ्ग

काठमाडौँ । बाँकेको ४७ बाहेक थप ६ वटा जिल्लाका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीवेर अघि गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

नयाँ विवरण अनुसार भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गुल्मीका ४१ बर्षीय पुरुष, कोशी अस्पतालको प्रयोगशालामा विराटनगरको एक जना पुरुष, धुलिखेल अस्पतालमा धनुषा, रौतहट, दाङ र धादिङका पुरुषहरुको परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

डा देवकोटाले बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पोजेटिभ भएको समेत पुष्टि गरे ।

आज विहानमात्रै रौतहट र बारामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो संगै आज मात्रै अहिलेसम्म संक्रमितको संख्या ६२ जना पुगेको छ । देशभर कुल संक्रमितको संख्या भने ३५७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय