
प्युठान । ऐरावती गाउँपालिकाले भारतिय सिमाक्षेत्रमा अलपत्र रहेका स्थानियलाइ उद्वार गरिि पालिका क्षत्रमा ल्छयाएको छ । शनिवार र आईतबार गरि ३६ जना ब्यक्तिलाई पालिका ल्याएको हो। उनिहरू भारतको विभिन्न ठाउँबाट कपिलवस्तुको सिमानामा आएका थिए । भारतले नेपाल आउने सवारी साधन खुलाएपछि गरेपछि उनीहरु दाङको भालुवाङसम्म आएका थिए ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सवारीसाधन मार्फत पालिका क्षेत्रमा ल्याई क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिकाले विभिन्न ठाउँबाट आएका २ सय ३१ जना नागरिकलाई उद्धार गरेको छ । जसमध्ये आर.डि.टी. र पिसीआर विधिबाट स्वास्थ्य जाँच गरि नेगेटिभ रिपोर्ट आएका एक सय ८४ जनालाई घर पठाइएको छ