ट्रेन्डीङ्ग

तेजेन्द्र बि. एम._प्युठान
ऐतिहासिक महत्त्व बोकेको रिजाल भाइबन्दुहरुको समावेशी कुल पुजामा भक्तालुजन र दर्शकहरुको भिड लाग्न थालेको छ । प्युठान जिल्लाकै एक धार्मिक परम्पराका रुपमा मानिने यस देवली नौबहिनी गाउँपालिका-६, लुङ्गमा पर्दछ ।

वि. स. १८६० देखि १८७० बिचको समय देखि देवाली सुरु गरिएको जनविश्वास छ । यस देवालीमा नेपाल अधिराज्यभर र विदेशबाट समेत गरि करिब लाखौंको संख्यामा तिर्थालु भक्तजन र दर्शकहरुको उपस्थिति रहने गर्दछ । देवालीमा करिब १० हजार बोकाको बलि चढ्ने गर्दछ ।

रिजाल वंश भाइबन्दुहरुले यो देवाली कर्णाली प्रदेशको जुम्लादेखी आएर मनाउन सुरु गरेको ब्राह्मण मुल पुजारी विष्णु प्रसाद रिजालले जानकारी दिनुभएको छ । सुरुमा स्थानीयवासिले मनाउदै आएको यस देवालीले अहिले भने बृहत आकार बनाउदै आएको छ । देश तथा विदेशबाट आएर भक्तजनहरुले यस कुल पुजालाई महत्त्व दिएर मनाउने भएकाले समावेशी कुल पुजा भनिएको के. सी. मुल पुजारी तिलबिक्रम के. सी. ले जानकारी गराउनुभएको छ ।

पहिले सामन्य दिउघर बनाएर कुल पुजा गरि देवाली मनाउदै आएको र अहिले संघीय, प्रदेश र स्थानीय सरकारबाट करिब २ करोड ४० लाख, चन्दा तथा आन्तरिक स्रोतबाट करिब ३८ लाख गरि करिब २ करोड ७८ लाखको लगानीमा आकर्षक कुलघर(मन्दिर) निर्माण गरिएको मेला व्यवस्थापन समिति अध्यक्ष सुर्य बहादुर के. सि.ले जानकारी दिनुभएको छ ।

मंसिरे पन्चमी तिथिको दिन देवता ओराल्ने कार्यबाट सुरु भइ सप्तमीको साझ सात झाक पारी कुल घर बाट सुरु गरि अष्टमीको दिन मेदो चदाउने ठाउ सम्म गएर पुजापाठ गरि बोकाको बलि दिने चलन रहेकोे मेला व्यवस्थापन मुल समिति सदस्य संकर के. सी. ले जानकारी दिनुभएको छ ।

अहिले यस कुल पुजालाई थप व्यवस्थापन गर्नको लागि प्रगतिशील युवा समाज लुङ्गले करिब १ सय जना स्वयंसेवकहरुलाई खटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय