ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्युठान (बाग्दुला) । बाग्दुला बजार क्षेत्र गाउँदेखि शरहका सबै ब्यक्तिको आँखा लाग्ने ठाउँ हो । यहाँ घर घडेरी बनाउन पाउने ब्यक्ति सबैभन्दा भाग्यमानी जस्तै ठानीन्छ । सिचाइ सुविधा भएर पनि बाँझो रहेको जमिनलाइ यहाँका स्थानीय युवाले संरक्षण गरी खेति गर्न थालेका छन । जसले गर्दा झन सबैको आँखा लाग्ने स्थानको रुपमा चर्चित हुने भएको छ । १५ वर्ष अघि देखि बाँझो रहेको जग्गामा यहाँका स्थानीय युवाहरूले सामुहिक रुपमा खेती सुरु गरेका छन ।

प्यूठान नगरपालिका वडा नं १० स्थित बडारा बस्ती नजिकै आवादी जग्गामा धेरै वर्ष भयो चरन क्षेत्र बनेको । तर पनि यहाँका लालपुर्जावालाहरुले तिरो तिरि नै रहेका थिए जग्गा बाँझै थियो । लकडाउनको मौकामा यहाँका युवाहरु कृषि कर्म गर्नका हौसिय । उनीहरु हौसिएनन मात्र कृषि कर्म सुरु पनि गरेका छन । स्थानीय धिरज पण्डित, पशुपति पण्डित, राजन पण्डित र निरञ्जन जिएम लगायतको सामुहिक लगानीमा बाँझो जमिनमा मोती फलाउने उद्देश्य सहित लागी परेका हुन ।

बाँझो जग्गामा खनजोत गर्दै बाग्दुलाका युवाहरु

‘आफन्तको जग्गा वर्षौ पहिले देखि नै बाँझो थियो।’ धिरजले भने, ‘ लकडाउन हाम्रो लागि उपयुक्त अवसर पनि बन्यो। अब हाम्रो टिम कृषिमै केही गर्ने सोँचका साथ लागी पर्दै अगाडी बढेका हौ ।’ लगभग ८५ मुरी फल्ने जग्गा वर्षौदेखि बाँझो थियो । यिनिहरुले करिब ५० हजार लगानि गरि खेतीयोग्य जमिन मात्र बनाएनन खेति पनि सुरु गरेका छन । ‘ट्रयाक्टरले जोतेर मलखाद समेत ब्यवस्थापन गरी हामीले मलिलो बनाएका छौं।’  पशुपतिले भने, ‘मौषम अनुसारको खेतीपातीमा जोड दिने छौं।’

 

उनका अनुसार सो जग्गामा मकै, भट्ट, बोडी, अडहर, तिल, सेतो भट्ट, कालो भट्ट, अर्खाली भट्ट लगायत लगाईएको छ । चरन क्षेत्र नजिकै भएकोले पशु चौपाया प्रमुख चुनौति भएपनि अब यहाँ वस्तुभाउ हेर्ने होइन कृषी क्रान्तिका मोति लहलह हुनेछन् । कृषिमा निरन्तरता दिई निकट भविष्यमै मौषमी तथा बेमौशमी तरकारी खेती गर्ने सोँच रहेको उनिहरुले प्युठान खबरलाइ जानकारी दिएका छन । स्थानीय सरकार प्युठान नगरपालिका र प्रदेश तथा केन्द्र सरकारबाट केही राहत अनुदान र सहयोग पाए नमुना कृषि फर्मकै रुपमा विकास गर्न आफुहरु लागी पर्ने युवाहरुको अठोट छ ।

हेर्नहोस तस्बीरमा केहि दृश्यहरु

धिरज पण्डित, राजन पण्डित, पशुपति पण्डित र निरञ्जन जिएम

ट्रायक्टरले खनजोत हुँदै बाँझो जमिन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय