ट्रेन्डीङ्ग

प्युठान खबर । लगातारको झरि र असिना सहितको वर्षाले गौमुखि गाउपालिका प्युठानका कृषकहरू मारमा परेका छन । गौमुखी गाउँपालिकाको खुङ, पुजा, लिवाङ, नारीकोट, अर्खा, रजवारा लगायत आसपासका क्षेत्रमा अहिलेसम्मकै ठूलो असिना पानी परेको छ ।

असिना पानिले किसानहरूले लगाएका मकै बाली, सबै तरकारी बाली, ब्याडमा राखेको धानको बीउ र गहुवालि समेत नष्ट गरेको छ । लगातारको वर्षाले काटेर सुकाएको र काट्न बाकि गहु दुबैमा क्षति पुर्याएको छ ।

लगातार झरि पर्दा खेतबारी पुरै भत्केका छन् भने ग्रामिण सडकमा समेत क्षति पुगेको छ । यस्तै केहि स्थानमा बन्दै गरेका घरगोठ पनि भत्किएका छन । कृषकहरूले निकै मेहनत गरेर लगाएको अन्नबाली नष्ट हुँदा आफुहरूमा मारमा परेको खुङ खालका गोबिन्द गिरिले बताउनुभयो । उहाले कुटाउन तयार भएका मकैमा असिनाले क्षति पुर्यादा फेरि मकै छर्नुपरेको बताउनुभयो ।

उहाँ बाहेक यी ठाउका किसानहरूलाइ पूर्ण रूपमा फेरि मकै र धानको बिउ नरोपी कुनै उपाय नभएको किसानहरूले बताएका छन् । किसानहरूलाई (बिउपल, भल नियन्त्रणको लागि तार जाली लगायत अन्य राहत) यथासिघ्र उक्त स्थानहरूमा स्थलगत अध्ययन गरि उपयुक्त राहत उपलब्ध गराउन सम्बन्धित गाउपालिका र सरोकारवालाहरूको ध्यान जान जरूरि देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय