ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका प्युठानको आयोजनामा भएको नि:शुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । शिविरमा ६ सय ५५ जना भन्दा बढी सेवाग्राहीले विशेषज्ञहरुद्वारा नि:षुल्क स्वास्थ्य परिक्षण पाएका छन् । सोमबार नौबहिनी गाउँपालिकाको ८ नं. वडामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन भएको हो ।

उक्त शिविरमा ५०७ जनाले सेवा लिनु भयको छ । जसमध्ये दन्त सेवा ६६ जनाले सेवा लिएका छन् भने दात फाल्ने तर्फ ४५ जनाले सेवा लिएका थिए । त्यस्तै भिडियो एक्सरे सेवा ५६ जना, स्त्रीरोग सेवा १ सय २९ जनाले लिएका थिए भने पाठेघरको मुखमा क्यान्सरको जाच ९१ जनाले सेवा लिएका हुन । थप उपचार आवस्यक पर्ने बिरामीहरुलाई रिफर गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय शिवराज पौडेलले जानकारी दिनुभयो ।

सोमबार फोप्ली स्वास्थ्य चौकीमा भएको शिविरमा विशेषज्ञ सेवा प्रदान गर्न प्युठान अस्पतालका हाडजोर्नी तथा नसीरोग बिशेषज्ञ डा. राजेन्द्र पौडेल लगायतको टिमले सेवा प्रदान गर्नुभएको थियो ।

यस अघि गत शनिबार नौबहिनी गाउपालिका-६, लुङ्ग बाहानेको सामुदायिक स्वास्थ्य इकाइमा नि:शुल्क स्वास्थ्य शिवर सम्पन्न भैसकेको थियो । जस अन्तर्गत पाइल्स, फिस्टुला र फिसर सम्बन्धी १ दिने नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको थियो । शनिबार भएको शिविरमा १४८ जना विरामीको स्वास्थ्य परीक्षण एवम औषधि वितरण गर्नुको साथै ७ जनाको ल्याव परिक्षण र ८ जनाको अप्रेशन समेत गरिएको थियो ।

उक्त सेवाका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी, दाङ्गका कन्सल्टेन्ट आयुर्वेद शल्य चिकित्सक डा. मदन भण्डारी, प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा. तारा पोख्रेल, लुम्विनी आयुर्वेद औषधि व्यवसायी सङ्गका अध्यक्ष देव बस्नेत, प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन कृष्ण खत्री लगायतको टोलिले सेवा प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय