ट्रेन्डीङ्ग

प्यूठानमा आत्महत्या रोकथाम गर्नका लागि सरोकारवालाहरुले चासो दिन थालेका छन् । मानिसक समस्यालाई मनोपरामर्श तथा समस्याको कारण पत्ता लगाई उपचार गरेमात्र यस्ता समस्याको न्यूनिकरण हुन सक्ने भन्दै मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवं आत्महत्या रोकथाम अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य कार्यालय प्युठानले जिल्लाका सबै स्थानीय तहहरुलाई जिल्ला स्तरीय रुपमा यस्ता समस्याहरुको कारण पत्ता लगाएर उपचारमा ध्यान दिन सुझाएको छ ।

पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्न थाले पछी सोहि विषयमा सरोकारवालाहरुले समेत चासो दिन थालेका हुन् । मानसिक रोगका कारण आत्महत्या बढेपछी जिल्लामा चासोका साथ हेर्न थालिएको हो ।

एनजाइटि, डिप्रेसन, बालविवाह, आर्थिक जस्ता मानसिक समस्याका कारण यस्ता समस्या बढ्दै गइरहेका छन् । मानसिक समस्याका कारण दैनिक यस्ता समस्या आउन थालेको स्वास्थ्य कार्यालय, प्युठानका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो ।

मानिसक समस्यालाई मनो परामर्श तथा समस्याको कारण पत्ता लगाई कारणको उपचार भए मात्र मानसिक रोगका बिरामीहरुलाई सन्चो गराउन सकिने प्युठान अस्पताल, प्युठानका मनोचिक्सक डा. पंकज पाठककोले बताउनुभयो ।

प्यूठान जिल्लामा २०७७ साल देखि हाल सम्म २५० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । तथ्याङक अनुसार सवैभन्दा बढी प्यूठान नगरपालिकामा रहेको छ । प्यूठान नगरपालिकामा ६५, झिमरुक गाउँपालिकामा ३०, गौमुखी गाउँपालिकामा २७, ऐरावतीमा २३, मल्लरानीमा १६, माण्डवीमा १८, नौबहिनीमा २६, सरुमारानीमा १८ र स्वर्गद्धारी नगरपालिकामा २७ जनाले आत्महत्या गरेका छन् ।

यसलाई रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी साजेदारी कार्याक्रम अन्तरगत पालिका स्तरमा गई छलफलका कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक इश्वर थापाले बताउनुभयो ।

बेरोजगारीका कारण डिप्रेसन बढ्दै गएकाले यस्तो समस्या देखिन थालको हो । विद्यालयमा नैतिक शिक्षा तथा व्याम गर्नु पर्ने जस्ता कार्यहरुमा सरोकारवालाको ध्यान जान जरुरी छ भएको मल्लरानी सरोकार विकास केन्द्र खलंगा, प्युठानका कार्यकारी निर्देशक विजय श्रेष्ठले बताउनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल, प्रहरी कार्यालय, प्रशासन कार्यालय लगायत सबै स्थानीय तह र सम्बन्धित निकायहरुले समयमै बस्ति, समुदाय र वर्ग पहिचान गरि जनचेतनाका कार्यक्रम अघि बढाउने हो भने समस्याको समाधान गर्न सकिने सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय