स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारे छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद सुर्य थापाले स्वास्थ्य बीमा प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । “स्वास्थ्य बीमा सस्तो र सेवामूलक भएकोले स्थानीय तहहरुले जनताको चेतना वृद्धि गर्न आपसी साझेदारी गरि यो कार्यक्रमलाई अघि बढाउनुपर्छ ।” उहाले भन्नुभयो ।
स्वस्थ रहन र स्वास्थ्य बीमा प्रभावकारी बनाउनको लागी फजुल खर्च र कुलतमा खर्च गर्नु भन्दा थोरै रकमबाटै सहज उपचार सेवा पाउन सकिने भएकाले स्वास्थ्य लाभमा खर्च गर्न आग्रह समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, नीमा गिरि लगायतले समेत कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य बीमा राम्रो भरपर्दो भएकाले यसलाई थप व्यवस्थित बनाउन बीमा बोर्डलाई सुझाउनुका साथै स्थानीय तहहरुले यसलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्युठान अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट प्रमिला खनालले अस्पतालको बारेमा जानकारी र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बीमाको बारेमा जानकारी दिएसङ्गै अन्य उपस्थित व्यक्तिहरुले बीमा गरेपछि सेवा प्राप्त गर्न अप्ठ्यारो र झन्झटिलो भएको समेत आफ्नो जिज्ञासा राखेका थिए ।
९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्र थापाको अध्यक्षता रहेको थियो ।