नौबहिनि गाउँपालिकाले ब्याकहोलोडर खरिद गरेको छ । पालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट कार्यक्रमबाट ४५ लाख ७४ हजार रुपियाँमा ACE कम्पनीको ब्याकहोलोडर खरिद गरेको हो ।
गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन उपयोगी हुने भएकोले जेसिवी खरिद गरेको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।
ग्रामीण भेग त्यसमाथि कच्ची सडक रहेको यो गाउँपालिका क्षेत्र भित्र बर्षायाममा हुने बाढी पहिरो तथा आपतकालीन सडक मर्मत सम्भारमा सहज हुने भएको छ ।
ब्याकहोलोडरले पालिका क्षेत्रभित्र कार्यपालिकाले तय गरेको दररेटमा काम गर्नेछ । यस्तै आफ्नो काम नहुँदा भाडामा र ठेक्कामा दिएर आम्दानी समेत गर्न सकिने प्रशासकिय प्रमुख शिवराज पौडेलले जानकारी दिनुभयो ।
यसअघि पालिकाले आफ्नै एम्बुलेन्स समेत संचालनमा ल्याइसकेको छ ।