ट्रेन्डीङ्ग

समाज परिवर्तन युवा समूह नौबहिनी गाउँपालिका-५, डाम्री, पोखराले आफ्नो नवै वार्षिक उत्सव तथा हरितालिका तिज पञ्चमी को अवसरमा आयोजना गरेको कार्यक्रममा अभिभावक बिहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

वार्षिकोत्सबको अवसरमा खुल्ला पुरुष तथा महिला भलिबल, पिथे दौड, भाले पकड, घैटाफोर एवं नौबहिनी-५, का अभिभावक बिहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने समुहका अध्यक्ष रुकमान रोका क्षेत्रीले जानकारी दिनुभयो ।

असोज २ देखि ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धन लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता र नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापा मगर रहने पनि अध्यक्ष रोका क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा बिजेता टिमहरुलाई नगद, मेडल र प्रमाणपत्र प्रदन गरिनेछ ।
कार्यक्रमका विस्तृत विवरण ब्यानरमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय