
जनसेवा युवा समूह नौबहिनी गाउँपालिका-५, डामृको आयोजनामा सुरु भएको समुहको हरितालिका तीज तथा दोस्रो वार्षिकोत्सब विशेष विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम-२०८० लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गर्ने बताउनुभएको छ ।
हिन्दु नारिहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा समूहले आफ्नो वार्षिकोत्सबको अवसरमा भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा थापाले आगामी कार्तिकमा कप सञ्चालन हुने बताउनुभएको हो ।
उहाँले समग्र गाउँलाई सकारात्मक दिशा तर्फ लैजान ग्रामिण क्षेत्रका समुह तथा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने भएकाले पनि गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुमा टोल विकास संस्थाको विस्तार गरेर विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए सङ्गै खर्चमा मितव्ययी बन्न समेत सुझाउनुभएको थियो । साथै कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका ५ नं. वडा अध्यक्ष दलराज पुन मगरले पनि खेल मित्रवत ढंगले खेल्न र कार्यक्रमलाई सभ्य बनाउन आग्रह गर्दै आफू र समग्र वडाको तर्फबाट साथ दिने बताउनुभयो ।
समूहले आयोजना गरेको विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरुमा क्रमश : साविक वडा स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, तिज विशेष लोकदोहोरी, एकल नृत्य, घैटाफोर, भाले पकड, कुर्सी दौड, चम्चा दौड प्रतियोगिताहरु सञ्चालन हुनेछन् । सम्पुर्ण खेलका विजेता टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
बिहिवारबाट सुरु भएको कार्यक्रम निरन्तर असोज १ गते सम्म चल्ने छ । समुहका अध्यक्ष अम्मर घर्ती मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन इन्द्र लाल घर्ती मगरले गर्नुभएको थियो ।
कार्यक्रम विस्तृत विवरण ब्यानरमा :