
नेपाली हर्ट ग्रुपद्वारा रुखबाट लडेर घाइते भएका तिलोत्तमा नगरपालिका-८, का ४४ वर्षिय रुपन्देहीका जित बहादुर दङोरिया थारूलाई आर्थिक सहयोग गरेको छ ।
सोमबार नारायणगढ, चितवनमा एक कार्यक्रमको आयोजना गरि नेपाली हर्ट ग्रुपका अध्यक्ष डिल्लिराज पराजुली साथै सामाजिक अभियान्ता अर्जुन भुषालले थारुकी श्रीमती सुनिता थारूलाई ५० हजार ५ सय ५५ रूपैयाको चेक हस्तान्तरण गरेको हो ।थारु केही महिना देखि नेचुरल केयर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएको कारण हर्ट ग्रुपले टिकटकको माध्यमबाट संकलन गरेको नगद रकम हस्तान्तरण गरेको हो । हर्ट ग्रुपले नेपालका दर्जनौ स्थानमा खाना, छाना र नाना नभएका बिपन्नलाई टिकटकको माध्यबाट जुटेको रकम सहयोग गर्दै आएको छ ।
तिज नजिकिदै गर्दा बिपन्न चौधरिको परिवारलाइ कोशेलि स्वरूप नगद हस्तान्तरण गरेको प्रशंसा गर्दै समाजसेवि तथा कार्यक्रमका प्रमुख अतिथि रहनुभएका अभियान्ता अर्जुन भुसालले हर्ट ग्रुपले सञ्चालन गरेको अभियानको खुलेरै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा ग्रुपका अध्यक्ष डिल्लिराज पराजुलिले सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दै सत्कर्ममा लागेका सम्पुर्ण सहयोदातालाई निरन्तर सहयोगको अपेक्षा गर्दै सबैको प्रगतिको कामना गर्नुभयो । सोही अवसरमा हर्ट ग्रुप चितवन शाखाको आयोजनमा तिज मिलन विशेष कार्यक्रम सम्पन्न भएको छ ।