नौबहिनी गाउँपालिकाले बाहाने बजार क्षेत्र सङ्गै मानसिक सन्तुलन गुमाएकी एक बेसहारा महिलाको समेत सरसफाइ गरेको छ । लामो समय देखी बहाने बजार क्षेत्रमा बस्दै आएकी एक जना असहाय तथा मानसिक सन्तुलन गुमाएकी एकजना अपरिचित बेवारिसे महिलाको समेत नुहाई धुवाई गरिदिएको छ ।
१६ औं गणतन्त्र दिवसको अवसरमा नौबहिनी गाउँपालिका बहाने, प्युठानले बहाने बजार क्षेत्र सरसफाई गर्ने कार्यक्रमको आयोजना गरेको हो । सरसफाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापा मगर, उपाध्यक्ष विष्णा थापा (के. सी.), प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल लगायत गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) सङ्ग भएको सहमति अनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ ।
अहिले