ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-५ नं. वडा बासिले भौतिक पुर्वाधार विकासमै जोड दिएका छन् । आ. व. २०८०/०८१ अन्तर्गतको आवधिक गाउँपालिका विकास योजना तर्जुमाको लागि वडा स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडा बासिले आफ्ना माग सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भौतिक पुर्वाधार, आर्थिक, सामाजिक, वन तथा वातावरण र सुशासन विकास सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । ५ जना सोहि कार्य क्षेत्रमा अनुभवी व्यक्तिहरु संयोजक र साविक डामृ गाविसका ९ वटै वडाका स्थानीयहरु सदस्य रहने गरि छुट्टाछुट्टै विकासका योजनाहरुमा छलफल गरिएको हो ।

छलफल तथा अन्तरक्रियाबाट सबै विकासका कार्यक्रमहरु आवस्यक रहेपनि विशेषगरी भौतिक पुर्वाधार विकासका योजनाहरुलाइ अघि सारेका हुन् । सडक, यातायात, पुलपुलेसा, बिद्धुत तथा खानेपानी जस्ता पुर्वाधारका कुराहरु सबै बस्तीमा नपुगेकोले यसको माग गरेको स्थानीयहरुको भनाइ छ । यो सङ्गै आर्थिक विकासमा पनि चासोका साथ स्थानीयहरुले कृषी, पशुपन्छि, सिचाइ, उद्योग व्यापार, पर्यटन तथा वैदेशिक यात्रामा जाने संख्या बढेकोले उद्धमशिलता र सिप विकासका कुराहरूमा जोड दिने वडा बासिले माग गरेका छन् । अलैंची, ओखर, टिमुर, बेसार, अदुवा जस्ता तरकारी बालिको यस क्षेत्र राम्रो सम्भावना रहेकोले उचित किसिमको बजेट व्यवस्थापन गर्न माग गरेका थिए ।

यस्तै जैविक विविधता, भु-संरक्षण तथा जलाधार व्यवस्थापन, विपद व्यवस्थापनलाइ पनि मुख्य विषयका रुपमा लिइ दिगो विकास गर्न आफ्ना मागहरु प्रस्तुत गरेका छन् । यस्तै व्यबहारिक शिक्षा विकासमा जोड दिन,  युवा वर्गलाई लक्षित गरि  खेलकुद सामग्री, खेल मैदान तथा खेल सम्बन्धि आवश्यक तालीम सञ्चालनको समेत माग गरेका थिए ।

भाषा, कला, साहित्य र संस्कृति तर्फ भने अमुर्त संस्कृतिको रुपमा रहेको सोरथि नाच र हात्ति माउते नाचलाई संरक्षण र सम्बर्द्धनको लागि पनि आवस्यक बजेट व्यवस्था गरिदिनुपर्ने माग राखेका थिए । भने मगर समुदायको बाहुल्यता रहेकोलो भाषा प्रशिक्षणको समेत माग गरेका थिए । यस्तै यहाँ भएका कच्चापदार्थहरुको प्रयोगबाट बन्ने उपभोग्य सामानहरुको पहिचान गरि युवाहरूलाई उद्धमीका रुपमा स्थापित गर्न समेत माग राखेका थिए ।

नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण भने अलना इन्टरनेसनल सर्भिसेज प्रा.लि. का सहजकर्ता बिनु लुइँटेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय