
तेजेन्द्र बुढा मगर
नौबहिनी गाउँपालिका-५, नं. वडाले आफ्नो छैठौं वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा सम्मान कार्यक्रम गरेको छ । वडाले आफ्नो स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको यो अवसरमा एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव तथा आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।
वडाले पुर्व गाविस अध्यक्ष डिल बहादुर थापा मगर, प्रधान पञ्च छविलाल पुन, स्थानीय संरचना पश्चात् भएको पहिलो वडा अध्यक्ष अन बहादुर घर्ती मगरलाई सम्मान गरेको छ ।
यस्तै पत्रकार तेजेन्द्र बुढा मगर, कृकेट खेलाडी तुल बहादुर थापा, नृत्यङ्गना सरस्वती घर्ति मगर, भलिबल खेलाडी भविन्द्र रानाभाट, कराटे तर्फ ताज बहादुर घर्ति मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य बिमला सानु समेतलाई वडाको गहनाका रुपमा सम्मान गरेको छ । साथै गाउँमा कटुवालको रुपमा प्रचारप्रसारमा सहयोग गर्ने स्थानीय व्यक्तिहरुलाई समेत वडाले सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भने वडा सचीव ज्ञान बहादुर घर्ती मगरले गर्नुभएको थियो । मन्त्री परिषदको निर्णयानुसार वडाले आफ्नो वार्षिकोत्सब समारोह तथा साधारण सभाको आयोजना गरेको वडा अध्यक्ष दलराज पुन मगरले जानकारी दिनुभएको छ ।कार्यक्रमको अवसरमा वडाले आफ्नो प्रतिवेदन समेत प्रस्तुत गरेको थियो ।
प्रतिवेदनको ढाचा :-