ट्रेन्डीङ्ग

स्वर्गद्वारी प्युठान पाचौं महोत्सव-२०७९ अन्तर्गतको प्युठान डान्स आइडलको विजेता स्वर्गद्वारी नगरपालिका-६, टिमिलेकी बिरा घर्ती मगर बनेकी छिन् । उनले करिब ५ सय प्रतियोगिलाई पछाडी पार्दै विजेता बनेकी हुन् । त्यस्तै दोस्रो  गौमुखी गाउपालिकाबाट रेजिना के.सि.को ग्रुप भएको छ । त्यस्तै तेस्रो प्युठान नगरपालिकाबाट सहभागी बनेकी नौबहिनी गाउँपालिका-५, डामृकी सरस्वती घर्ती मगर भएकी छिन् ।त्यस्तै चौथो मल्लरानी गाउपालिकाबाट एलिसा थापा मगर भएकि छिन् भने पाचौ प्युठान नगरपालिकाबाट अर्जुन भन्डारी भएका छन् ।
आइडलमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् । यस्तै चौथो र पाचौं हुनेले ट्रफी र विभिन्न किसिमका आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।


विभिन्न चरणहरु पार गर्दै टप-५ को प्रस्तुति आज शनिबार राखिएको थियो । उनीहरु प्रस्तुतिको आधारमा ५० प्रतिशत निर्णायकको मुल्यांकन र ५० प्रतिशत भोटिङको गरि विजेता गरिएको हो ।
फागुन ४ गतेदेखि संचालन भएको महोत्सवमा माघ २१ गतेदेखिनै प्युठानका ९ वटै स्थानीय तह र विभिन्न विद्यालयहरुमा गएर करिब ५ सय प्रतियोगिहरु छनोट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय