ट्रेन्डीङ्ग

नेकपा प्युठानकाे आयाेजनामा माण्डवी गाउँपालिकाकाे चकचकेमा वैंककाे चर्काे ब्याजदर, लघुवित्त र मिटरब्याजका विरुद्व विराेध प्रदर्शन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज क. जागृति सि ले अहिले वैंककाे चर्काे ब्याजले राष्ट्रिय उद्योग व्यवसायीहरुलाई धरासायी बनाएकाे बताएका छन् । उनले लघुवित्तहरु गाउँ गाउँमा गई साेझासाजा महिलाहरु लाई विभिन्न प्रलाेभन देखाउदै ऋण दिने र तिर्न नसके वेइज्यत गर्ने घर जग्गा कब्जा गरी सडकमा पुर्‍याउने जस्ता मानव अधिकार विराेघी हर्कत गरिरहेकाे पनि उनले बताएकी छिन् ।

त्यस्तै कार्यक्रममा नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य चिन्तामणी सी, नेकपा प्युठानका सचिवालय सदस्य माण्डवी गाउँ कमिटि इन्चार्ज तथा वडा नं.१ का वडा अध्यक्ष क. बाम बहादुर सी ले पनि सम्बाेधन गरेका थिए ।

उनिहरु वैंककाे चर्काे ब्याज, लघुवित्तकाे उत्पिडन र मिटरब्याजेहरुकाे अवैध धन्दाकाे विरुद्व एक ढिक्का बनेर आन्दाेलित हुन आम नागरिकलाई अनुराेध गरेका थिए । विराेध प्रदर्शन कार्यक्रमकाे सन्चालन जनपत्रकार क. राजेन्द्र सी ले गरेकाे नेकपा प्यूठानले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय