ट्रेन्डीङ्ग

तेजेन्द्र बि. एम.
प्युठान जिल्लाको नौबहिनी गाउँपालिका ६ बाहानेमा पर्ने कुनौटा मेलाले गर्दा बजार शुन्य भएको छ भने बगर रमझम भएको छ । मेलाले गर्दा दिउसोभरी व्यवसायीहरुले पसल बन्द गरेर मेलामा सहभागी भएका थिए । बजारमा मेला भर्नेहरु फाट्टफुट्ट घुमिरहेका थिए भने बगरमा २ हजार भन्दा बदी मानिसहरूको उपस्थिति थियो । मौलिक परम्परा अनुसार कार्तिक शुक्ल पुर्णिमाको दिन पर्ने नौबहिनी क्षेत्रकै ऐतिहासिक मेला भएकोले यस मेलामा वर्षौनी २ हजार भन्दा बढी जनमानसको जमघट हुने गर्दछ । यस मेलामा सराय नाच र भैलो तथा मारुनी र सोरथी नाचहरु प्रदर्शन हुने गर्दछ । कोरोना कहरले भएको लक डाउन सङ्गै दुई वर्षदेखि थप्प भएको मेलामा यस वर्ष उत्साह जनक सहभागीता रहेकोे थियो । नौबहिनी गाउँपालिकाको सहयोग तथा उद्योग वाणिज्य संघ बाहाने बजार ईलाकाको आयोजनामा भएको कार्यक्रममा भैलो तथा सराय नाच गरि वर्ष करिब २० समुहको सहभागिता थियो । वर्षौदेखी निरन्तर पर्दै आएको मेलामा नौबहिनी क्षेत्रका स्याउलिबाङ्ग, लिघा, खबाङ्ग, डामृ, लुङ्ग र फोप्लिका सराय नाच र भैलो तथा मारुनी र सोरथी नाचहरुको उपस्थिति रहने गर्दछ । अहिले भने भैलो तथा सराय नाचका समुहहरु बजारमा भैलो खेल्ने कार्यक्रम जारी छ ।
केही वर्ष अघिदेखि मेलको थप आकर्षण बढाउन अहिले खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय