ट्रेन्डीङ्ग

प्यूठान खवर । नेपाली हर्ट टिकटक ग्रुपले ऐरावति गाउपालिका २ बरौला खसबास स्थित साबित्रा जिसिको परिवारलाइ खाद्यान्न सामग्रि हस्तान्तरण गरेको छ । यहि चैत्र २४ गते दिउसो १ बजेतिर घर गोठमा आगलागि भई अग्निपिडित यो परिवारलाइ चामल, दाल, तेल, नुन, चिउरा राहत स्वरूप वितरण गरिएको हो ।

ग्रुपका इन्टरनेसनल होस्टर डिल्लिराज पराजुुलिको नेतृृत्वमा सहयोग सामग्रि लिएर टोलि बरौला गई रू २५ हजार बरावरको सामग्रि बितरण गरिएको उहाले बताउनुभयो । त्यसैगरि सो परिवारलाइ तत्काल राहत स्वरूप रू ५ हजार समेत नगद प्रदान गरएको छ । सोहि आगालागि बाट घरको गोठ, ओसारि पुर्ण रुपले नस्ट भई घरमा भएका अन्न पात लत्ताकपडा समेत जलि घरलाई समेत क्षति पुराएको थियो ।

यो अभियानलाइ विशेष सहयोग गर्ने USA बाट नरेश क्षेत्री , दुबईबाट रमेश बस्याल , कोरियाबाट मिस्टर रोमियो, प्युठान बरौला घर भै हाल साउदि रहनु भएका सुबास जि सि , USA बाट दिया आचार्य , काठमाडौ देखि राधिका अधिकारी , सुनिता सानु लगायत सट ग्रुपका सम्पुर्ण सदस्य सहित सहयोग जुटेको थियो । यो ग्रुपका सदस्यले खाजा खर्च, विवाह वार्षिकोत्सव खर्च लगायत फजुल खर्च घटाएर संकलित रकमबाट हर्ट ग्रुपले नेपालका विभिन्न ठाउमा सहयोग रकम वितरण गर्दै आएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय