
प्यूठान खवर । फेसबुकमा सहयोग संकलन अभियान चलाएर गौमुखी गाउँपालिका ७ नारीकोटमा एक बिपन्न परिवारको घर निर्माण भएको छ । यहाँका स्थानीय ३७ वर्षीय जित बहादुर बिकको घर निर्माण गरी बुधवार हस्तान्तरण गरीएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जित बहादुरको श्रीमती सितादेवी बिकलाइ ताल्चा दिएर नव निर्मित घर हस्तान्तरण गर्नुभएको हो ।
पहीले रहेको झुप्रो घरलाइ नयाँ घर निर्माण गरी बुझाउन पाउँदा आफुलाइ छुट्टै खुसि र आनन्द लागेको आर्थिक सहयोग संकलनका मुख्य अभियन्ता विकास गुरुङ (महेन्द्र) ले बताउनुभयो । विपन्न परिवारको झुप्रो घर स्थानीय चन्द्र बहादुर केएमले पहिलो पटक फेसबुकमा पोस्ट गर्नुभएको थियो । फोटो सामाजिक सन्जालमा सार्वजनिक भएपश्चात विकास गुरुङले देश बिदेशमा रहेका नारिकोटवासिहरुलाइ पैसा संकलन गरी घर निर्माणका लागि अनुरोध सहित सोही फोटो पोस्ट गर्नुभएको थियो ।
जीतबहादुरले एउटा आँखा देख्नुहुन्न भने उहाँकी श्रीमतीको एक वटा खुट्टा चल्दैन्। आर्थिक अवस्था कमजोर भएकाले यो परिवारलाई गाउँपालिकाले जस्तापाता दिएपनि घर निर्माण गर्न सकेका थिएनन् । जीतबहादुरको परिवार जस्तापाताले बारेको बुकुरोमा जीविका चलाउदै आएका थिए । जीतबहादुरको परिवारको यस्तो अवस्था देखेपछि यस क्षेत्रका स्थानीयले अभियान चलाएर घर निर्माण अभियान थालेका हुन ।
गत पुष १४ गतेदेखी घर निर्माणको कार्य थालनी गरिएको अभियान्ता एवं स्थानीय विकास गुरुङ्गको भनाइ छ । उनीहरुको धनसम्पती, लत्ताकपडा केही पनि छैन्, गुरुङ्गले भन्नुभयो,–‘ उनीहरु झुपडीमा बस्दै आएका थिए ।’ उनीहरुको यस्तो विचित्र अवस्था देखेपछि घर निर्माण अभियान थालिएको हो । देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगका लागि आग्रह गर्दै आर्थिकको जोहो गरिएको हो ।
जीतबहादुरको घर निर्माणका लागि स्थानीय ९ जना अभियान्ताहरुले विभिन्न क्षेत्रबाट आर्थिक जुटाएका हुन् । यस पूर्व यस क्षेत्रमा ९ वटा सामाजिक अभियान सञ्चालन गरिसकेका थियौ, अभियान्ता गुरुङ्गले भन्नुभयो,–’यसपटक विपन्न परिवारका लागि घर निर्माण गरेका हौँ ।’ आगामी दिनमा समेत यस्ता सामाजिक अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
जीतबहादुरको श्रीमती, एक छोरी र एक छोरा छन् । उनीहरुका लागि २ कोठे घर र शौचालय निर्माण गरिएको हो । विभिन्न व्यक्तिबाट नगद र जिन्सी गरि ५ लाख ४२ हजार ७ सय रुपियाँ लगानीमा घर निर्माण गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनीधि, स्थानीय लगाएतको उपस्थितीमा नवनिर्मित घर जीतबहादुरको परिवारलाई हस्तान्तरण गरिएको हो ।
घर हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले विपन्न परिवारका लागि अभियान्ता मार्फत रकम जुटाएर घर निर्माण गरिनु सामाजिक कार्य भएको बताउनुभयो । यस्ता सामाजिक कार्यले राष्ट्र निर्माणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । समाजमा हुने नकारात्मक गतिविधि रोक्नका लागि पनि यस्ता अभियानले सहयोग गर्ने उहाँको भनाई थियो । जीतबहादुर छोराछोरी पढाउनका लागि व्यवस्था मिलाउन पहल समेत गर्ने प्रजिअ भुसालले बताउनुभयो ।
अभियान्ता मार्फत आर्थिक संकलन गरी निर्माण गरिएको नयाँ घर पाएपछि सीतादेवीले खुसी व्यक्त गर्नुभयो । पहिले झुपुडोमा बस्दै आएका थियौ, सितादेवीले भन्नुभयो,–’पानी पर्दा घर भित्रै पानी समेत खस्थ्यो ।’ सबैको सहयोगमा नयाँ घर निर्माण भयो अब छोराछोरी थोपेर बस्ने ठाउँ बन्यो उहाँले भन्नुभयो ।
घर निर्माण अभियानमा अभियान चलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ब्यक्तिहरु ः
१) विकास गुरुङ (महेन्द्र)
२) दान बहादुर सुनार
३) सन्तोष कुवर
४) अमृत सुनार
५) भिम सुनार (आरबि रसायली)
६) सुर्य बहादुर गिरी
७) रुमान सिंह के.एम.
घर निर्माण अभियान समितिको नामावली
१) संयोजक ः चन्द्र बहादुर के.एम.
२) सचिव ः रिम बहादुर पुरी
३) कोषाध्यक्ष ः तारा सुनार
४) सदस्य ः शिवलाल कुवर
५) सदस्य ः लल बहादुर सामत