ट्रेन्डीङ्ग

प्यूठान खवर । कृषी तथा पशूपन्छि विकास कार्यालय प्यूठानले जिल्लालाई दुधमा आत्मनिर्भर गराउने भन्दै गाइ भैसीको उपचारको लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारको कार्यक्रम अनुसार प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका भित्र डेरी पकेट क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख उत्तम आचार्यले बताउनुभयो । यो कार्यक्रम तीन चरणमा चलाइने उहाँले बताउनुभयो ।

 

पहिलो चरणमा ५ सय भन्दा बढी गाइ, भैसीको उपचार गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । कार्यालय प्रमुख आचार्यका अनुसार अभियानमा ५ जना पशु प्राविधिक खटीएका छन् । कार्यालयले सोमबारबाट कार्यक्रमको शुभारम्भ गरेको छ । गाइ भैसीको बाँझोपनको उपचार, जुका, माटे, खनिजतत्व कमी बारे उपचार गरि पशुको प्रजनन् स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु चिकित्सक हरिनारायण थारुले बताउनुभयो ।

पशुको स्वास्थ्य परीक्षण गरि आवश्यक औषधि किसानलाइ कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको छ । कार्यक्रमले किसानलाइ ठूलो राहत मिलेको किसानहरु बताउँछन् । पशु प्राविधि गोठमै आएर ७ वटा गाइको उपचार गरेको झिमरुक गाइ, भैसी विकास फर्म बाग्दुलाका किसान कुलराज न्यौपानेले बताउनुभयो । पशु वस्तुमा सम्भावित रोगहरू लाग्ने समय सुरु हुँदा रोगबाट बचाउनका लागि पशुको स्वास्थ्य परीक्षण गराउन पाउदा खुसी भएको न्यौपानेको भनाइ छ ।

 

‘कार्यक्रमले किसानलाइ धेरै प्रोत्साहन गरेको छ,’प्यूठान नगरपालिका–८,का किसान दीपाकर पौडेलले भन्नुभयो, ‘गोठमै गाइ, भैसीको उपचार गराउन पाउदा धेरै राहत मिलेको अनुभूति भएको छ ।’ कार्यालयका अनुसार जिल्लामा १३ हजार ४ सय ६१ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । अझै ७ हजार २ सय ५४ मेट्रिकटन दुध जिल्लाको लागि अपुग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय