एलबी थापा,
प्यूठान खवर । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत प्यूठान जिल्लाभर २ हजार ९ सय १५ जनालाइ रोजगार मिलेको छ । प्रधानमन्त्रि केपि शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रधानमन्त्रि रोजगार कार्यक्रमको सुरुवात गरिएको थियो ।
कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा सहित यो कार्यक्रमको लागु भएको थियो । प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गरी रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्था छ ।
चालु अर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा यस कार्यक्रमबाट सबैभन्दा बढी ४ सय ९६ जनाले प्यूठान नगरपालिकामा १०० दिन बरावरको रोजगार पाएका छन भने सबैभन्दा थोरै ऐरावती गाउँपालिकामा २ सय १७ जनाले रोजगार पाउनेछन । एक सय दिन काम गर्दा प्रति ब्यक्ति ५१७ रुपैयाँ दैनिक ज्याला पाउनेछन । जिल्लाभर प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत काम गर्नेहरुले दैनिक ज्याला नेपाल सरकारले तोकिय बमोजिम प्रति ब्यक्ति १०० दिन बरावरको ५१ हजार ७०० रुपैयाँ पाउनेछन ।
त्यसैगरी नौबहिनी गाउँपालिकामा ४ सय ५२ जनाले रोजगार मिलेको छ । यस्तै झिमरुक गाउँपालिकामा ३ सय ९७ जनाले रोजगार पाउने गाउँपालिकामा रोजगार संयोजक सुदर्शक जिसिले बताउनुभयो ।
माण्डवी गाउँपालिकामा प्रत्येक वडामा ५०/५० जनाका दरले २ सय २५० जनालाइ रोजगार उपलब्ध गराउने अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । गौमुखी गाउँपालिकामा रोजगार पाउने २ सय ८५ जनाले सडक मर्मत र आयोजना निर्माणका काम गर्ने रोजगार संयोजक निरज पाण्डेल बताउनुभयो ।
जिल्लाभर सबै स्थानीय तहरले बेरोजगारहरुको तथ्याङक संकलन गरी केही स्थानीय तहले काम सुचारु गरीसकेका छन भने केहिले सम्झौता गरी रोजगार लगाउने तयारीमा रहेका छन ।
कुन कुन स्थानीय तहमा कतिले रोजगार पाउँदै हेर्नुहोस सुची ।
प्यूठान नगरपालिका ४९६
नौबहीनी गाउँपालिका ४५२
झिमरुक गाउँपालिका ३९७
गौमुखी गाउँपालिका २८५
स्वर्गद्वारी नगरपालिका २८४
मल्लरानी गाउँपालिका २८०
सरुमारानी गाउँपालिका २५४
माण्डवी गाउँपालिका २५०
ऐरावती गाउँपालिका २१७