ट्रेन्डीङ्ग

प्यूठान। प्यूठानको दाखाक्वाडी– बर्जिवाङ– भिंगृ सडक खण्ड कालोपत्रे हुने भएको छ । ट्र्याक खुलेको ४९ बर्षपछि यो सडक कालोपत्रे हुन थालेको हो। २०२८ सालमा ट्र्याक खुलेपनि सडक भने कच्चि थियो । बर्षामा हिलाम्मे र हिउँदमा सडक धुलाम्मे हुँदा स्थानीयले सास्ती खेप्नु परेको थियो।

जिवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग अन्र्तगत प्यूठान खण्डमा पर्ने सो सडकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बिहिबार शिलन्यास गर्नुभयो ।  शिलन्यास समारोहमा बोल्दै पोख्रेलले पुर्वाधारका क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको बताउनुुुभयो। उहाले ‘ सडक कालोपत्रे भएसंगै आर्थिक गतिविधिले यो क्षेत्रको समृद्धिमा टेवा पुग्छ,’ भन्नुभयो।

 

प्रदेश सरकारले यो सडक निर्माणका लागि चालू आर्थिक बर्षमा १७ करोड बिनियोजन गरेको थियो। भ्याट सहित ११ करोड, ५६ लाख ८६ हजार १३ रुपियाँ लागतमा तत्काल ५ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख इन्जिनियर नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार गत जेठ महिनामा नै आउदो दुई बर्षमा काम सम्पन्न गर्ने गरी गौरा÷बंगलामुखी जेभीसँग ठेक्का सम्झौता भइसकेको छ ।

 

उक्त सडकको चौडाई भने १० मिटर हुने छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको योजना अन्र्तगत (रामपुर–कपुरकोट सडक) लाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय