ट्रेन्डीङ्ग

बोम बहादुर परियार,

प्यूठान खवर । कठ्याङ्ग्रिदो चिसोका कारण कतिपय विद्यार्थीहरु स्कुल जान मान्दैनन । सामुदायिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थी सबै सम्पन्न परिवारका पनि हुदैनन् । कतिपय परिवारका बालबालिका जाडोमा लगाउने आफुसंग न्यानो कपडा नभएर पनि स्कुल जान नमान्ने समस्या हाम्रो समाजमा छ ।

 

आर्थिक समस्याका कारण कतिपय बुवा आमाले आफ्ना  छोराछोरिलाइ नाङगो मात्र ढाकिदिन बाध्य हुन्छन । यस्तै समस्याहरु हाम्रा विद्यालयका बालबालिकामा देखेपछि । बुधबार पालुसिद्ध प्राथमिक बिद्यालय मल्लरानि २ खरिन्डाडाका ३७ जना बालबालिकालाई जाडोमा लगाउने न्यानो स्वीटर बितरण गरिएको छ ।

स्व बुवा भिमलाल भुसालको स्मृतिमा छोरा चिन्तामणि भुसालले बुधबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयमा अध्यनरत बिपन्न परिवारका बालबालिका र जेहेन्दार बालबालिकालाई नियमित विद्यालय जान सहजता हो भन्नका लागि प्रेरित गर्दै जाडोमा लगाउने न्यानो स्वीटर र कापी कलम बितरण गर्नु भएको बिध्यालयका प्रधानाध्यापक सारदा आचार्यले बताउनु भयो ।

 

बिद्यालयमा पढ्न आउने बालबालिकाका पारिवारिक अवस्था बुझेर गरिब तथा बिपन्न र जेहेन्दार बालबालिकालाई छनोटमा राखी सामान बितरण गरेको आचार्यले बताउनु भयो । आफुले पनि हिजोका दिनहरुमा सामुदायिक बिद्यालयमा अध्ययन गर्दा यस्तै समस्या भोगेको स्मरण गर्दै जाडो बढेसँग बालबालिकामा सहज भनेर न्यानो कपडा बितरण गरिएको हो ।

 

जाडोका महिनाहरुमा गरिब परिवारका बालबालिका  न्यानो लगाउने कपडा नहुदा बिद्यालय जान नमान्ने समस्या देखेपछि नियमित विद्यालय ल्याउनको लागि प्रेरित गर्ने उदेश्यले बुवाको स्मृतिमा उक्त सामाग्री बिद्यालयमा पुगेर बितरण गरिएको छोरा चिन्तामणि भुसालले बताउनु भयो । हाल कपिलवस्तुको बाणगङ्गा न पा ७ मा बस्दै  आएका भुसालले भन्नुभयो, “हाम्रो जस्तो आर्थिक रुपमा पछि परेको देसमा धेरै बालबालिका आर्थिक अभाबका कारण र पारिवारिक समस्याका कारण स्कुल जान पाएका छैनन्” ,  हामिले मात्र मिठो खाएर हुदैन , हामिले मात्र न्यानो लगाएर हुदैन, आफ्नै घर छेउको गरिब परिवारले पनि कस्तो खाएको छ कस्तो लाएको छ त्यहातिर पनि हाम्रो ध्यान जानु दिइ सहयोग पनि गर्नु पर्छ ।

यस्तै भावनाले गर्दा बिद्यालयमा सानो सहयोग गर्न पाउदा र बालबालिकाको अनुहारमा खुसि देख्न पाउदा आफुलाई सबैभन्दा आनन्द प्राप्त भएको भुसालले बताउनु भयो । विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष सत्यमोहन रानाको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष लेखबहादुर थापाले  बिध्यालयलाई पठनपाठनमा सहज बनाउनको लागि बालबालिका हरुलाई महत्त्वपूर्ण  सहयोग गरेको भन्दै सहयोगि भुसाल परिवारलाई धन्यवाद समेत दिनुभएको थियो । अहिले उक्त  बिध्यालयमा ९६ जना विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय