ट्रेन्डीङ्ग

प्युठान खवर । स्वर्गद्वारी नगरपालिका र नेपाल बैंकबिच लघु उद्यमिहरुलाइ सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । स्वर्गद्वारि नगरपालिका भित्र व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई सहूलियत ब्याजमा विना धितो ऋण उपलब्ध गराउन स्वर्गद्वारी नगरपालिका र नेपाल बैंक लिमिटेड बिचको सहुलियतपुण कर्जा सम्बन्धी सम्झौता पत्र MOU मा हस्ताक्षर भएको हो ।

नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे सेर्पा र स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकायाले संयूक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो छ । कोभिड १९ का कारण समस्यामा परेका साना ब्यवसायी र लगानि बृद्धि गरि ब्यवसाय फस्टाउन नसकेका ब्यवसायीहरुलाइ यो सम्झौताले टेवा पुग्ने नगरपालिकाले जनाएको छ । यो सम्झौताको स्वर्गद्वारी नगरपालिका र जिल्लाभर स्वागतयोग्य कदम रहेको भन्दै ब्यवसायीहरु खुसी भएका छन ।

यसैबिच नेपाल बैंक र प्युठान नगरपालिका बिच पनि सहुलियतपुर्ण ऋण उपलब्ध गराउनको लागि तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय