ट्रेन्डीङ्ग

एलबी थापा,

प्युठान खवर । कोभिड -१९ का कारण मारमा परेका र आर्थिक लगानि थप्न नसकेर प्रभावित भएका लघु उद्यमिहरूलाइ प्युठान नगरपालिका जमानि बसेर सहुलियत ऋणको लागि ब्यवस्था मिलाउने भएको छ । साना लघु उद्यमिहरूलाइ बिना धितो ऋणको ब्यववस्था मिलाउन बैकहरूसंग सहजिकरण भइरहेको प्युठान नगरपालिकका मेयर अर्जुन  कुमार कक्षपतिले बताउनुभयो ।

उहाँका अनुसार केहि रकम नगरपालिकाले ब्योहोर्ने र थप रकम बैंकले उपलब्ध गराउने प्रक्रिया अनुसार छलफल भइरहेको छ । नगरपालिका जमानि बसेर आर्थिक लगानिको अभावमा ब्यपार ब्यवसाय फस्टाउन नसकेहरूलाइ सहज हुने जानकारी गराउँदै मेयर कक्षपतीले अब केहि दिनमै यसको निर्णय सार्वजनिक हुने जानकारी दिनुभयो ।

 

होटल ब्यवसायी संघ प्यूठानको दशौ साधारण सभाको अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कक्षपतिले संघले प्रतिवेदनमा दर्शाएका सममस्याहरूबारे आफुसक्दो सहयोग गर्ने बताउनुभयो ।

 

स्थापनाको छोटो समयमै आफ्नै भवनमा कार्यालय संचालन गर्न सफल भएकोमा धन्यवाद ब्यक्त गर्दै होटल ब्यवसायि संक्षम भए मात्रै जिल्लामा पर्यटकहरू बढ्ने जनाउनुभयो । होटल ब्यवसायिको आनिबानि र स्वच्छताले ग्राहक र पर्यटक लोभ्याउन सकिने भएकाले समय अनुसार सबै ब्वसायि सुधारउन्मुख हुनुपर्ने उहाको भनाइ छ ।

स्थानीय सरकार एक्लैले सबै काम गर्न कठिन र चुनौतिपूर्ण रहेकाले सबैसंग सहकार्य र समन्वय गरि विकासका गतिविधि अघि बढाएको उहाको भनाइ छ । अहिले कोभिड – १९ का कारण अपेक्षीत रूपमा कार्य अघि नसकेपनि होटल ब्यवसायिले स्वास्थ्य र पर्टन उन्मुख गततिविधि संचालन गर्न जोड दिनुभयो ।

 

होटल ब्यवसायि संघ प्युठानको दशौ साधारण सभा सम्पन्न

होटल ब्यवसायि संघ जिल्ला शाखा प्युठानको दशौ साधारण सभा विविध कार्यक्रम सहित संघको सचिवालय विजुवारमा सम्पन्न भएको छ । प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिको प्रमुख आतित्थ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सघका महासचिव बसन्त भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष जुद्ध बहादुर कुवरले सहभागीहरुलाइ स्वागत मन्तब्य दिनुभएको थियो ।

साधारण सभाको अवसरमा संघक अध्यक्ष गन्ज बहादुर थापाले संघको गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा होटेल ब्यवसायि संघका केन्द्रीय सचिव चन्द्रलाल न्यौपाने, होटल ब्यवसायी संघ लुम्बिनि प्रदेशका महासचिव दधिराम भण्डारी, प्युठान नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी, पत्रकार गिरुप्रसाद भण्डारी, सुरक्षा निकायका प्रतिनिधि लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय