ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्युठाख खवर । प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले पुँजी पलायन रोक्नु पर्ने बताएका छन्। छैठौं उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले खलंगामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै भुषालले भने, ‘स्थानीय पुँजीलाई स्थानीय स्तरमै परिचालन गर्न सके उत्पादन र रोजगारीहरुको अवसर सिर्जना हुन सक्दछ।’

 

प्रजिअ भुसालले भने, ‘उद्योगी र सरकारवीचको समन्वयकारी भूमिका निर्वाह गर्न म सदैव प्रतिबद्ध छु।’ भुषालले कोभिडका कारण नअल्मलिन आग्रह गर्दै समयसिमामै कार्यालयलाई प्राप्त भएको कार्यक्रम कार्यान्वयन गर्न निर्देशन समेत दिए। कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य नेगनसिंह कुँवरले कोभिडको चपेटामा परेका साना उद्योगी तथा उद्योगहरुलाई उकास्ने योजना सरकारले ल्याउनु पर्नेमा जोड दिए। ‘सरकारी निकायहरुले दर्ता तथा नविकरणमा मात्र ध्यान दिएर हुँदैन।’

 

कुँवरले भने, ‘ठुला उद्योगहरुलाई मात्र हेरेर नीति निर्माण गर्न भएन, दुरदराजका स-साना उद्योगहरुलाई पनि प्रवर्द्धन गर्नका लागि ऐन नीति नियमबारे जानकारी गराउनु पर्दछ।’ कार्यालयले सहुलियत कर्जा, नयाँ नयाँ प्रविधि, सिपमुलक तालिम संचालन गर्नुपर्नेमा कुँवरले विशेष ध्यानाकर्षण गराए। यस आवमा २ सय ६७ साना तथा घरेलु उद्योगहरु दर्ता भएको कार्यालयका लेखा अधिकृत मोहम्मद वजिर आलमले जानकारी दिए।

 

यस आवको स्वीकृत कार्यक्रम भित्र लोपोन्मुख जनजाती, अल्पसंख्यक सीमान्तकृत वर्गहरुका लागि आयआर्जन उद्यम सम्वन्धि तालिमहरु, नयाँ लघुउद्यमीहरुलाई प्रविधि हस्तान्तरण सहयोग कार्यक्रम संचालन हुने आलमले बताए। ‘उद्योग र रोजगार समृद्धिको आधार’ भन्ने मुल नारा रहेको दिवस तथा कार्यक्रमको अध्यक्षता उद्योग अधिकृत खेमबहादुर थापाको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय